समाचार

मेल्लेखमा अबैध मधिरा बरामद गरि नष्ट

साउन १३ मेल्लेख:
अछामको मेल्लेख गाउपालिका अन्तर्गतका विभिन्न वडाहरुमा अबैध मधिरा बरामद गरि नष्ट गर्ने कार्य धमाधम भैरहेको छ ।

अवैध मदिरा नियनत्रण तथा रोकथाम गर्ने उदेश्यका साथ मेल्लेख प्रहरी चाैकी प्रहरी सहायक निरक्षक दान सिह धामिकाे नेतृत्वमा संयुक्त रुपमा खटि गएको प्रहरी टोलिले मेल्लेख स्थित वडा न ६ र ७ काे विभिन्न स्थानमा चेक जाच गर्दा पसलहरुमा अवैध रुपमा बिक्री बितरण गर्न राखिएको अवैध घरेलु मदिरा २० लिटर , ५ पेटि कमसल खाले ओरेन्ज नामक मधिरा बरामद गरि नष्ट गरेकाे छ ।

यस्तै मेल्लेख गाउपालिका वडा न. ७ नन्देगडा र साफेवगर नगरपालिकाकाे सिमानामा सुक्रवार ३९ लिटर घरेलु मधिरा २ पेटि ओरेन्ज नामक कमसल खाले मधिरा तथा मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ समेत १ हजार  लिटर बरामद गरी स्थानीय जनप्रतिनिधि सराेकारवालाकाे राेहभरमा नष्ट गरेकाे प्रहरी चाैकी मेल्लेखले जनाएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।