अछामको मेल्लेख गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।
मेल्लेख गाउँपालिकास्थित वडा न. ६ मा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको हाे । मंगलबार षाेडषादेवि स्वास्थ्य चौकीमा संचालन भएको शिविरमा नाक, कान,घाँटी ,र दाँत सम्बन्धि समस्या भएका १ सय ३१ भन्दा बढीले चेकजाँच तथा औषधि उपचार सेवा लिएको वडा अध्यक्ष तिलक कडायतले बताएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालकाे समुदाय प्रहरी साझेदारी कार्यक्रमकाे स्वास्थ्य प्राबिधिक सहयोग र मेल्लेख गाउँपालिका वडा न.६ षाेडशादेवी काे समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । दुर्गम ठाउका नागरिक लाई घरदैलोमा सेवा दिने उदेश्य ले वडा कार्यलयकाे समन्वयमा स्वास्थ्य विशेषज्ञ डाक्टर हरुकाे सहभागितामा शिविर काेे आयाेजना गरेकाे सुदूरपश्चिम प्रदेश प्रहरी नायब उपरिक्षक डा. नवीन लागेजुले बताउनु भएको छ । उपचारको लागि धनगढी जान नसक्ने हरुकालागी नजिकै सेवा पाएपछि स्थानीय निकै खुसि भएको वडा सचिव हिमाल खड्काले बताए ।
शिविरको मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले उद्घाटन गर्नु भएको थिए । यस्तै साहि शिविर रामाराेशन गाउँपालिकामा पनि सम्पन्न भएको छ ।