स्वास्थ्य

मेल्लेखमा क्षयरोग कार्यक्रमकाे पालिका स्तरीय अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

मेल्लेख गाउँपालिकामा क्षयरोग कार्यक्रमकाे पालिका स्तरीय अर्धबार्षिक समिक्षा कार्यक्रम आज सम्पन्न भएकाे छ । कार्यक्रम मेल्लेख स्वस्थ्य शाखा काे आयाेजनामा भएकाे हाे । स्वस्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला काे अध्यक्षतामा भएको समिक्षा कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएकाे थिए । अध्यक्ष साउदले स्वास्थ्य संस्था बाट प्रदान गरिने सेवा प्रवाह गुणस्तरीय र प्रभावकारी रुपामा संचालन का लागि आवश्यक पर्ने स्राेत साधन काे कमि हुन नदिने बताएका छन । साथै स्वास्थ्य चाैकि आे पि डि मा आउने बिरामीको चेक जाँच गरि क्षयरोग का बिरामी पत्तालगाउन प्रत्येक बिरामीको डाटा राख्नुपर्ने बताए ।कार्यक्रम विशिष्ट अतिथि मेल्लेख गाउपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा रहनु भएका थिए कार्यक्रम क्षयरोगका बिरामी नियमित आैषधि सेवन नियमित चेक जाच तथा उपचार टि बि फ्रि रणनीतिक याेजना सफल पर्ने उदेश्यले कार्यक्रम आयाेजना गरिएको थियाे। साे कार्यक्रम सफल पार्न यश अघि गरिएका क्रियाकलापकाे अर्धबार्षिक समिक्षा र आगामी गर्नुपर्ने कामकाे कार्ययोजना सहित तयार पारेकाे छ ।
कार्यक्रम काे संचालन मेल्लेख स्वास्थ्य शाखाका बिरेन्द्र शाहीले गर्नु भएकाे थियो ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।