भाद्र ५ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय बालअधिकार समितिको बैठक बुधबार सम्पन्न भएको छ।
आस्था नेपाल वल्र्ड भिजनकाे सहयोग र मेल्लेख गाउँपालिका स्तरीय बालअधिकार समितिको आयाेजनामा बैठक सम्पन्न भएको हाे ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति सयाेंजक नृप बहादुर खड्काकाे अध्यक्षयतामा भएको बैठकमा , मेल्लेख गाउँपालिका अन्तर्गतका वडाहरुमा फरक क्षमता भएका बालबालिकालाई सहयोग पुग्ने गरि प्रत्येक वडाका १/ १ जना गरि ८ जना फरक क्षमता भएका बालबालिकाकाे परिवारलाई लक्ष्यित गरि ,आयआर्जन तथा बाख्रा पालनकाे लागि सहयोग र ३३ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग लागि आस्था नेपाल लाइ सिफारिस गर्ने लगायतका निर्णय गरेकाे छ।
बैठक समापनमा बाेल्दै मेल्लेख गाउँपालिका का उपाध्यक्ष नृप बहादुर खड्काले संस्था मार्फत भए गरेका काम प्रभावकारी र विपन्न परिवार लाई सहयोग पुगेकाे भन्दै संस्थालाई धन्यवाद दिएका छन ।
बैठक मा मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा, स्थानीय बालअधिकार समितिका पदाधिकारी, आस्था नेपालबाट तित बहादुर बिश्वकर्मा र वाक नेपालबाट रमेश भुल लगायतको सहभागिता रहेकाे बैठकको सहजिकरण आस्था नेपालका बाल संरक्षण फिल्ड अधिकृत तथा बाल अधिकार समिति सदस्य भ्वानसिह सार्की ले गर्नु भएको थियाे ।
बैठक काे संचालन आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र बिकले गरेका थिए ।