समाचार

मेल्लेखमा पालिका स्तरीय बालभेला सम्पन्न याेजना तर्जुमामा आफ्ना माग समावेश गराउन कार्ययोजना तयार

अछाम जिल्ला काे मेल्लेख गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिका महिला तथा बालबालिका शाखाको समन्वय ,आस्था नेपाल वल्र्ड भिजनकाे साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पाेन्सरसीप परियोजनाको सहयोग र मेल्लेख गाउँपालिकाकाे बाल संजाल काे आयाेजनामा सम्पन्न भएको छ।
बाल भेलामा पालिका स्तरका सम्पूर्ण बालबालिकाहरुका बाल संरक्षण सम्बन्धि मुख्य सवाललाई पहिचना गरि उक्त सवाल हरु लाई न्यून गर्नका लागि आफ्ना योजना हरु बनाइ स्थानीय सरकारको बजेट निर्माणको बेला टोल, बस्ती,तथा पालिकाको याेजना तर्जुमामा आफ्ना योजना हरुलाइ समावेश गर्न कार्ययोजना सहित तयार पारेका छन ।
पहिचान गरिएका मुख्य सवालाई न्युनिकरण गर्न संजालका सदस्य हरुकाे क्षमता अभिबृद्धि, बाल संजाल व्यवस्थापन ,बाल बिबाह बिरुद्ध म बाेल्छु अभियान संचालन ,किशोर किशोरी लक्ष्यित जिवनउपयाेगि सीप , बाल मैत्री बाताबरण तथा संरचना निर्माण लागू पदार्थ दुर्व्यसनि ,छाउपडि प्रथा जातीय विभेद लैङ्गकि विभेद र बालबिबाह जस्ता हानिकारक अभ्यास न्युनिकरणका लागि कार्ययोजना मा समेटिएको छ।

बाल भेला संजालका अध्यक्ष अनिशा टमट्टा काे अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति सयाेंजक नृप बहादुर खड्का रहनु भएका थिए। उपाध्यक्ष खड्काले बाल भेला बाट पहिचान भएका मुख्य सवाललाई पालिकाकाे याेजना तर्जुमामा गर्दा सवाललाई सम्बाेधन गर्नमा बिशेश पहल गरिने बताएका छन ।

यस्तै बिशिस्ट अतिथि समाजिक विकास सयाेजक तथा वडा न .५ का वडा अध्यक्ष प्रकाश अधिकारीले बालबालिका सवाललाई समाधानका लागि वडा बाट हुने सहयोगमा कुनै कमि नरहने ,यस्कालागि बाल संजाल र बालबालिकाहरुले सक्रिय भुमिका खेल्नुपर्ने बताएका छन ।  बाल भेलामा भेलाकाे उदेश्य र महत्त्व बारे आस्था नेपाल का फिल्ड अधिकृत भ्वान सि सार्किले जानकारी गराउनु भएको थियो । भेलामा सहभागीकाे  तर्फबाट बाेल्दै ,धन बहादुर साउद र प्रतिभा साउदले भेलामा छलफल भएका बिषय वडा स्तरमा कार्यनयन काे लागि सक्रिय भुमिका खेलिने बताएका छन ।
दुई दिन सम्म संचालन भएको भेलाकाे सहजिकरण आस्था नेपालका सामाजिक परिचालक तित बहादुर बि क र तपेन्द्र बिक ले गर्नु भएको थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।