मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।
प्रविधि स्थानीय

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।

लालबहादुर चदारा/अछाम १ मंसिर । पुुर्बाधार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीन दिने तालिम आज देखि अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सुरु भएको छ । मालिका बिकास संघको सुशासन परियोजनाको सहयोगमा मेल्लेख गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो  ।     

सुचना प्रबिधिको उच्चतम प्रयोग गरी जनता सामु प्रबिधि मार्फत पारदर्शिता बढाउन र लक्षित बर्गहरुको प्रबिधिको सजिलै पहुच पुर्‍याउने उद्देश्यकासाथ तालिमको आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ । 

तालिममा सुशासन परियोजना अन्तर्गत प्रबिधिको माध्यमबाट कसरी काम गर्न सकिन्छ  र ग्रामिण भेगका जनतालाई कसरी सजिलै सूचना र प्रविधिसंग जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । तालिममा मेल्लेख गाउँपालिकाले विभिन्न सफ्टवेयर टुल प्रयोगगरी डिजिटल प्रबिधि मार्फत देश बिदेशबाट सूचना लिने र भए गरेका विकास निर्माणका कामको अनुगमनसमेत अनलाइन प्रबिधिबाटै गर्ने विषयमा छलफल भएको थियो ।  

गाउँपालिका र वडा तहमा कुनैपनि कामका लागि निवेदन र सिफारिस गर्दा कागज बिहिन गरी अनलाइनबाटै सिफारिस गर्ने बिषयमा पनि छलफल भइरहेको बताइएको छ । पुर्बधार ब्यावस्थापन प्रणाली, कृषि कार्यक्रम ब्याबस्थान प्रणाली, बिद्युतिय बडापत्र गुनासो ब्यावस्थापन प्रणालीका लागि  विभिन्न सफ्टवेयर र वेवसाइडको प्रयोग गरिने जनाएको छ । 

यसअघि पनि मेल्लेख गाउँपालिकाले डिजिटल मेल्लेख स्मार्ट मेल्लेखको नारालाई डिजिटल बोर्डमा प्रकासित गरेको मेल्लेख गाउँपालिकाका सुचना अधिकृत चन्द्र प्रकाश साउदले बताए । मेल्लेख गाउँपालिकामा सुशासन परियोजना लागु भएसंगै सबै काम डिजिटल प्रबिधिबाट सञ्चालन गर्ने बिषमा तालिममा छलफल भएको बताइएको छ । तालिमको प्रशिक्षकको रुपमा साँफेबगर नगरपालिका सूचना प्रविधि शाखा प्रमुख कविता कुवरले गर्नु भएको थियो र वहाँले प्रविधिको विधुतिय शासन कायम गर्न नविनतम प्रविधिको प्रयोगलाई विशेष जोड दिदै आगामी दिनमा यसलाई कसरी प्रभावकारी ढंगले स्थानीय तहहरुले प्रयोग गर्नु पर्ने थप जानकारी दिनुभयो।

तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता मेल्लेख गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहीले गर्नु भएका थियो । तालिममा मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडक, मालिका बिकास संघका रतन रावल लगायत बिषयगत शाखाका प्रतिनिधिको उपस्थित रहेको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/