समाचार

मेल्लेखमा बाल अधिकार समितिकाे बैठक सम्पन्न

अछामको मेल्लेख गाउँपालिकामा बालअधिकार समितिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । बालअधिकार समिति सयौंजक तथा मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्का काे अध्यक्षतामा भएको बैठक मा ,आस्था नेपाल द्वरा संचालित बाल संरक्षण तथा बाल स्पाेन्सर परियोजना अन्तर्गत शनिबारे रुपान्तरण कक्षा अनुगमन गर्ने , मेल्लेख गाउँपालिका वडा न. ६ र ७ लाई बालमैत्री स्थानीय शासन वडा लागू र २०७९/०८० भैत्रै बालमैत्री स्थानीय शासन वडा घाेषणा काे लागि विभिन्न क्रियाकलाप संचालन र जाेखिममा रहेका बालबालिकाहरुकाे तथ्यांक संकलन गरिने  पालिका वडा स्थिति सम्पूर्ण सराेकारवाल  स्थानीय समुदाय ,सेवा प्रदायक ,सेवाग्राही संग अन्तक्रिर्या गर्ने लगायत पालिका तथा मेल्लेख गाउँपालिका काे प्रत्येक वडामा स्तनपान कक्षाको  स्थापना गर्ने  वडा बालअधिकार समितिलाई सक्रिय बनाउने ,लगायतका निर्णय गरकाे छ
बैठक मेल्लेख गाउँपालिका बालअधिकार समिति काे आयाेजनार  रआस्था नेपाल काे सहजिकरणमा भएकाे हाे। बैठक काे संचालन मेल्लेख बालअधिकार समिति सदस्य तथा ,आस्था नेपाल का फिल्ड अधिकृत भ्वान सिह सार्किले गर्नु भएकाे थियोे ।बैठकमा बालअधिकार समिति का पदाधिकारी काे उपस्थिति रहेकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।