अछामको मेल्लेख गाउँपालिकामा महिला तथा बालबालिका शाखाको सहयोगमा अति विपन्न परिवारका ४९५ जना विद्यार्थीलाई स्कुल झाेला वितरण गरेकाे छ । बिद्यालयले सिफारिस गरे अनुसार असाय अनाथ विपन्न जेहन्दार अपांग टुहुरा बालबालिकालाई सहयोग पुग्ने हेतुले झाेला वितरण गरेकाे महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा खड्काले बताउनु भएकाे छ । महिला तथा बालबालिका शाखा बाट यश अघि पनि शिक्षाको गुणस्तर वृद्धमा सहयोग पुग्ने उदेश्यले शाखाकाे पहलमा आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।
