मेल्लेख: अछाम जिल्लाकाे मेल्लेख गाउपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोग वाक नेपालकाे सयुक्त साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना र आस्था नेपाल बाल संरक्षण बाल स्पाेनसरसिप परियोजना अन्तर्गत वडा न.५ काे पहलमा यस अघि संस्था द्वरा सहयोग गरेका विभिन्न क्रियाकलापकाे स्थलगत अनुगमन गरिएको छ ।
मेल्लेख गाउपालिका वडा न .५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी नेतृत्वमा वडा न .५ काे बिन्धेवासनी काैलेना भागाताेला काटेगाउ लगायत स्थलगत अनुगमन गरिएको हाे ।
वाक नेपाल द्वरा मेल्लेख गाउपालिका काे वडा हरुमा अति जाेखिम र विपन्न परिवारहरुलाई व्यावसायमा पुनःस्थापन बन्न का लागि हाेटल तथा नास्ता पसल ,खुद्रा पसल ,बाख्रा पालन ,कुखुरा , पालन, भैंसी पालन दूध डेरि , फर्निचर जेन्समिसेन ,सिलाईकटाई मेसिन ,महिला हरुकाे कार्यबाेज घटाउने उदेश्यले मिनि टिलर ( हाते टेक्टर) धान गहुँ बताउने पंखा , मकै पाेकडने मेसिन , जिबिकाे पार्जन नयाँ प्रबिधि प्रयोग गर्नाका लागि जलवायु मैत्रि कृषक पाठशाला पनि संचालन गरेका छन । प्लास्टिक टनेल ,कृषि खेती, युवा ,महिला बालबालिका लक्षित कार्यक्रम लागायत का व्यावसाय लागि संस्था बाट सहयोग हुदै आएको छ ।
यसरी विपन्न परिवार अपांगता भएका व्याक्ति, एकल महिला टुहुरा बालबालिका लाई राहत हुनेगरि छनाेट गरि बाख्रापालन लगायत अन्य व्यावसायका लागि सहयोग पाएपछि स्थानीय निकै खुसि भएका छन । संस्था द्वारा विभिन्न कृषि उत्पादन समुह गठन गरि आय आर्जनका काम पनि सहयोग पुगेकाे छ ।
यस्तै वाक नेपाल बाट सहयोग पाएपछि नयाँ प्रबिधि तरकारी खेति बाट आफुले राम्रैै आम्दानी गरेकाे घर खर्च र छाेरा छाेरि काे पढाई समेत धारेकाे बिन्धेवासनि काैलेनाका अगुवा कृषक ललित खड्काले बताएका छन । उहाले बार्षिक १ लाख ५ हजार भन्दा बढिकाे आम्दानी गर्ने गरेका छन ।
यस्तै साेहि क्रममा बाल अधिकार समितिले अति जोखिममा रहेका बालबालिकाको घटना ब्यबस्थापन मार्फत केस कलोजको चरणमा रहेका बालबालिका को अनुगमन पनि गरिएको थियो । अनुगमन वडा कार्यलयकाे समन्वय वल्र्ड भिजन सहयोग वाक नेपाल ,आस्था नेपालकाे सहजिकरण गरिएको हाे । अनुगमन टाेलिमा स्थानीय जनप्रतिनिधि संस्थाका पदाधिकारी पत्रकार लगायतको सहभागिता रहेको थियाे ।