समाचार स्थानीय

मेल्लेखमा सञ्चालित घुम्ती शिविरमा ९६८ ले बनाए नागरिकता

गाउँमै सेवा पाएपछि स्थानीय खुसि

लालबहादुर चदारा, मेल्लेख:

जिल्लाकै दुर्गम वस्ती मेल्लेख गाउँपालिकाकाे ऋषिदह पुगेर नागरिकता वितरण सम्बन्धि घुम्ती शिविर संचालन भएपछि स्थानीय खुसी भएका छन । दुर्गमका नागरिकलाई गाउमै पुगेर नागरिकता सम्वन्धि सेवा प्रदान गरेकाे स्थानीयले जिल्ला प्रशासन कार्यालय र मेल्लेख गाउपालिकाप्रति खुसि व्यक्त गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय अछाम काे आयाेजना र मेल्लेख गाउँपालिकाकाे समन्वयमा जनताको घरदैलोमा सेवा दिने उदेश्यले संचालन गरिएको घुम्ती शिविर बाट मेल्लेखका ८ वटै वडा बाट ९६८ जनाले नागरिकता बनाएका छन। भाद्र १ गते बाट सुरु गरिएको नागरिकता शिविर ४ गते मेल्लेखकाे दुर्गम बस्ती ऋषिदह पुगेर सम्पन्न गरिएको थियो । भाद्र १ र २ गते वडा न.४, ५, ६, ७ र ८ काे लागि गाउँपालिकामा शिविर संचालन गरिएको थियोे भने मेल्लेखबाट टाढाको दुरिमा रहेकाे वडाहरु वडा नं. ३ ठाटि र वडानम्वर १ र २ ऋषिदहमा वडा स्तरमै शिविर सञ्चालन गरिएको मेल्लेख गाउपालिका का अध्यक्ष ज्वाला सिं साउँदले बताउनुभयाे । मेल्लेख काे ऋषिदहबाट नागरिकता बनाउन मंगलसैन पुग्न एक व्यक्तिकाे ५ हजार भन्दा बढि खर्च हनुे गर्दछ । अधिकांशले खर्चकाे अभावमा नयाँ नागरिकता र बिग्रेका नागरिकताकाे प्रतिलिपी समेत लिन नसकेकाे स्थानीयकाे भनाइ छ ।

यसरी गाउँमै पुगेर नागरिकता वितरण भएपछि स्थानीय निकै खुसी भएका स्थानीयले वताएका छन । गाउँमै पुगेर जनताको सेवा गर्न पाउँदा आफुहरुलाई पनि खुसि लागेकाे जिल्ला प्रशासन कार्यालयबाट टाेलिमा खटिनु भएका प्रशासकीय अधिकृत मिनराज आचार्यले बताउनुभयाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।