स्थानीय स्वास्थ्य

मेल्लेखमा सेवा परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न

असार ३० मेल्लेख
अछामको मेल्लेख गाउँपालिका गुणस्तरीय स्वास्थ्य सेवाका लागि अधारभुत सेवाहरुकाे उपलब्धता सम्बन्धि परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न भएको छ ।  मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजनाकाे बैठक आईतवार  मेल्लेख गाउँपालिका सभा हलमा  सम्पन्न भएको हाे  ।परियोजनाले विशेषगरी वडा न.३ र ४ काे बर्थिङ सेन्टर स्वास्थ्य संस्था सुधार  स्वस्थ्य क्षेत्र  तथा सरसफाइ र बर्थिङ सेन्टर व्यवस्थापनमा प्रभावकारी सेवा र आवश्यक सामाग्री सहयोग पग्ने गरि गरेकाे कामकाे  उपलब्धि सहित हाल सम्म गरेका कामकाे जानकारी गराएको थियाे।
परियोजनाले कुस्काेटकाे कुयाडा बर्थिङ सेन्टर र ठाटिकाे दर्वा बर्थिङ सेन्टर लाई  नमुनाकाे रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने गरि काम गरेकाे थियोे ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्याक्ष्यतामा सम्पन्न भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए। प्रमुख अतिथि साउदले छाेटाे समयमा उपलब्धि र स्वास्थ्य संस्था सुधामा राम्रो काम गरेकाे भन्दै परियोजनालाई धन्यवाद दिएका छन ।
बैठकमा  मेल्लेख निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा ,वडा न.३ का वडा अध्यक्ष नाैले रावल वडा न.४ का वडा अध्यक्ष चन्द्र बहादुर साउद , बिषयगत शाखा प्रमुख  स्वास्थ्य ईन्चार्ज ,लगायतको सहभागीता रहेकाे बैठककाे सहजिकरण परियाेजना अधिकृत केशवराज जाेसि र प्राबिधिक बिरेन्द्र सुनारले गरेका थिए ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।