जेठ ३१ मेल्लेख
अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा आर्थिक बर्ष २०८०/८१ को अर्धबार्षिक समिक्षा प्रगति तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ
गाेष्ठीमा मेल्लेख गाउँपालिक ८ वटा स्वास्थ्य संस्थाका इन्चार्जहरुले अर्धबार्षिक प्रगति अहिले सम्म गरेका कामको जानकारी र स्वास्थ्य संस्था थप सुधारको लागि अब गर्नुपर्ने काम तथा योजना तर्जुमा सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाेष्ठीमा स्वास्थ्य सेवा प्रभावकारी ,आवश्यक थप स्वास्थ्य सामाग्री र पुर्वाधार विकास स्वास्थ्यकर्मीकाे लगाब आगामी दिनमा स्वास्थ्य सराेकारवालकाे भिमिका के हुन सक्छ भन्ने विषयमा व्यापक समिक्षा तथा छलफल गरिएको थियोे ।
मेल्लेखमा २ दिन सम्म चलेको अर्धबार्षिक समिक्षामा तथा योजना तर्जुमा कार्यक्रमा वोल्दै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले स्वास्थ्य अबस्था र चुनौतिको वारेमा बोल्दै ग्रामिण भेगमा स्वास्थ्यसेवा सहज र सरल तरिकाले दिनु पर्ने बताउनु भयो।
स्वास्थ्य क्षेत्रमा मेल्लेख सधै अब्बल रहेको र अबपनि सबैको साथ सहयोगले अब्बल बनाउन लागीरहन सबै वडाका स्वास्थ्य प्रमुख तथा सबैलाई आग्रह गर्नु भयो।
आफ्नो पालिकालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउन सबैले लाग्नु पर्ने बताउनु भयो । मेल्लेख गाउँपालिका वडा न .५ का वडा अध्यक्ष तथा सामाजिक विकास संयाेजक प्रकाश बहादुर अधिकारीकाे अध्यक्षयतामा भएको समापन गाष्ठीमा मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले स्वास्थ्य कार्यक्रमकाे रेकर्डिङ र रिपोर्टिङमा पुर्ण रुपमा स्वास्थ्यकर्मी नै जिम्मेवार बन्नुपर्ने बताए । यसै गरि वडा अध्यक्ष मध्य बाट बाेल्दै वडा न. १ का वडा अध्यक्ष दिल बहादुर धामीले स्वास्थ्य क्षेत्र संवेदनशील भएकोले स्वास्थ्य क्षेत्रमा लापरबाही नगर्न आग्रह गरेका छन
स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्लाले स्वास्थ्यकर्मी ,आफुले गरेकाे कामकाे प्रभावकारी डाटा राख्नुपर्ने भन्दै समयमै काम सम्पन्न गर्न स्वास्थ्यकर्मी नै जिम्मेवार बन्नुपर्ने बताए । गाेष्ठीमा सहभागी वडा न.३ ठाटिका स्वास्थ्य ईन्चार्ज नरेन्द्र शाहले स्वास्थ्य संस्था सुधारका लागि पहिले आफू नसुध्रेसम्म स्वास्थ्य संस्थाकाे सुधार नहुने बताएका छन । थप स्वास्थ्यकर्मीका लागि बदलिँदो प्रस्थिति,नयाँ प्रविधि दक्ष जनशक्तिको लागि थप तालिमको आवश्यकता रहेकाे बताए ।
मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको गाेष्ठीकाे सहजिकरण स्वास्थ्य कार्यलय अछामका क्षय तथा कुष्टराेग निरिक्षक दिपेन्द्र जाेसी सिनियर अनमि निरिक्षक टीका शर्माले गरेका थिए । समापन गाेष्ठी काे संचालन स्वास्थ्य शाखाका नृप बुढाले गर्नु भएको थियोे ।
