मेल्लेख जेठ २२
अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे सहयोगमा अनाथ ,असाय ,विपन्न जेहन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मेल्लेख गाउपालिक अन्तर्गत सम्पूर्ण बिद्यालय बाट प्रत्येक बिद्यालयले छनाेट गरि सिफारिस गरेका ८० जना बालबालिकालाई झाेला, १ दर्जन कपी, ज्यामेट्रिक बक्स, कलम लगायत सामग्री वितरण गरेको शिक्षा शाखा अधिकृत बिरेन्द्र खड्काले बताउनुभयो ।
शिक्षा शाखाले बालबालिकाकाे शैक्षिक उन्नतिका लागि बालबालिकालाई विभिन्न कार्यक्रम, प्रतियोगिता संचालन र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ।
गाउँपालिकाअन्तर्गतका छात्र छात्रालाई अध्ययनमा सहजताका लागि थाेरै भए पनि सहयोग पुगाेस भन्ने उदेश्यले शैक्षिक सामग्री वितरण गरिएको बताए ।
यस्तै यश अघि पनि मेल्लेख गाउपालिका महिला तथा बालबालिका शाखा बाट बिद्यालयले सिफारिस गरे अनुसार असाय अनाथ विपन्न जेहन्दार अपांग टुहुरा बालबालिकालाई सहयोग पुग्ने गरि ४९५ जनालाई झाेला वितरण गरेकाे महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा खड्काले बताउनु भएकाे छ । महिला तथा बालबालिका शाखा बाट पनि शिक्षाको गुणस्तर वृद्धमा सहयोग पुग्ने उदेश्यले शाखाकाे पहलमा आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ