समाचार

मेल्लेख आधारभुुत अस्पतालबाट बिदा भए डाक्टर निरा जंग स्वार

संवाददाता
मेल्लेख
डेढ वर्ष मेल्लेख आधारभुत अस्पतालमा काम गरेर डाक्टर निराजंग स्वार बिदा भएका छन्।
पढाईको लागि बाहिर जानुपर्ने भएकाले डाक्टर स्वारले अस्पतालबाट बिदा हुुनुु परेको हो।
आइतवार उनको एक औपचारिक कार्यक्रम गरेर बिदाई गरिएको छ।
बिदाई तथा फेरि भेटैला कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद, उपाध्यक्ष नृप खड्का, गाउँपालिकाका निमित्त  प्रमुुख प्रशासकिय अधिकृत हिक्मत बहादुर बुढा , गाउँपालिकाका वडा नम्वर पाँचका वडा अध्यक्ष प्रकाश बहादुर  अधिकारी सहभागि भएका थिए।
डेढ वर्षको अवधिसम्म् गाउँमा बसेर नागरिकलाई सेवा दिएकोमा गाउँपालिकाका अध्यक्ष साउदले डाक्टर स्वारलाई धन्यवाद दिए।
‘गाउँमा बसेर सेवा दिनुुभएकोमा उहाँलाई धेरै धन्यवाद, दुुर्गम ठाउँमा सिमित स्रोत साधन हुुन्छ,उहाँले यस्तो वातावरणमा पनि निरन्तरत ढेड वर्षसम्म सेवा दिनुभयो यसको लागि धन्यवाद, आगामी दिनमा पनि उहाँको कर्मले नागरिकलाई नयाँ जीवन प्रदान होस्,’ साउदले भने।
उपाध्यक्ष खड्काले पनि डाक्टर स्वारले दिएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा मौका मिले मेल्लेखका जनतालाई सेवा दिन उनले अनुरोध गरे।
यस्तै वडा नम्वर पाँचका वडा अध्यक्ष अधिकारीले उनको आगामी पढाई र उज्वल भविष्यको कामना गरे।
उनीसंगै सोही अस्पतालमा  कार्यरत स्टार्फ नर्स भगवती चन्द शाह पनि बिदा भएकी छिन्। उनी सो अस्पतालमा तीन वर्षदेखि कार्यरत थिइन्। उनीहरुले अस्पतालको सेवा प्रवाहमा गरेको कामको प्रशंसा गर्दै र यहाँसम्म सहकार्य गर्न पाएकोमा अस्पतालमा कार्यरत कर्मचारीले पनि सयुुंक्तरुपमा धन्यवाद दिएका थिए।
डाक्टर स्वार र स्टार्फ नर्स शाहलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र अन्य कर्मचारीले अविर, माला, खादा लगाएर सम्मान गर्दै  बिदाई गरेका छन्।
गाउँमा आएर सेवा दिने अवसर दिएकोमा गाउँपालिकालाई डाक्टर स्वारले पनि धन्यवाद दिए। उनले सहकार्य गर्ने कर्मचारीलाई पनि धन्यवाद दिदै आगामी दिनमा अस्पतालको सेवा प्रवाहमा निरन्तर खटिन सुुझाव दिए। आगामी दिनमा मौका मिले बाँकी पढाई पुरा गरेर गाउँमै फेरि सेवा दिन आफुु पछि नहट्ने डाक्टर स्वारको भनाई छ।
स्टार्फ नर्स भगवतीले पनि सहकार्य गरेर आफ्नै गाउँका जनताको सेवा गर्न अवसर पाएकोमा गर्वको लागेको बताइन्। उनी पनि काम विशेषले अस्पतालबाट बिदा भएकी हुन्।
उनीहरुको बिदाई तथा फेरि भेटाैला  कार्यक्रमको सोही अस्पतालमा कार्यरत अहेव सागर भण्डारीले सञ्चालन गरेका थिए। सहकर्मी दुवै जनालाई आगामी यात्राका लागि उनले कामना गरे।
प्रक्रिया पुरा गरेर अस्पतालमा डाक्टर छिट्टै ल्याउने र जनतालाई सेवा दिने गाउँपालिकाले जनाएको छ। स्टार्फ नर्सका लागि पनि आवश्यक  कर्मचारी खटाइने छ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।