असार ९ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको गाउँ सभाको १४औं अधिवेशनमा कृषि ,शिक्षा ,स्वास्थ्य उद्योग पर्यटन ,माैलिक संस्कृत युवा राेजगार पुर्वाधार बिकास खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि शिक्षा स्वास्थ्य पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे पालिका अध्यक्ष ज्वाला सिं साउलेआर्थिक विकास तर्फ क्रमश कृषि खाद्य सुरक्षा ,पशु विकास पर्यटन, उद्योग ,सहकारी तथा वित्तीय सेवा,सामाजिक विकास तर्फ शिक्षा स्वास्थ्य समावेशीकरण, संरक्षण ,खानेपानी सरसफाइ युवा तथा खेलकुद कला, भाषा र संस्कृति ,यस्तै आधारभुत अस्पताल ,भौतिक पुर्वाधार निमार्ण,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा कृषि तर्फ स्थानीय उत्पादनमा आत्मनिर्भर मेल्लेख गाउँपालिकाकाे सान अध्यक्ष संग किसान किसान संग कृषि हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसात गरेकाे छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष साउदले राेजगारि क्षेत्र पुर्वधा पशु उपचार तथा पशु स्वास्थ शिविर सचालन सेवा संचालन गरिने बताए । पर्यटन,सस्कृति तथा साहित्य तर्फ पालिकभित्रका लोकसंस्कृति, रितिरिवाज, रहनसहन परम्परा र पञ्चैबाजाको संरक्षण र सम्बर्धन गरिने गर्न पहल गरिने उल्लेख छ ।
छाउगोठ व्यवस्थापन तथा घर फर्क अभियान सञ्चालन गरिने,पाठेघर खस्ने सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्ने,कुरिति,कुप्रथा र लैगिक विभेद विरुद्ध बाल बिबाह न्युनिकरण बालबालिका सवाल अभियान कार्यक्रम , सुशासन र प्रबिधिमा डिजिटल पालिका काे रुपमा बिकास गरिने जनाएको छ ,लागुपदार्थ दुव्र्यशनि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सचालन गरिने, नीति तथा कार्यक्रममा वातावरण मैत्री विकासलाई प्राथमिकता दिइने,जलवायू परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा जलाधार क्षेत्रहरुको संरक्षणको लागि रिचार्ज पोखरी निर्माण गरिने विषय समाबेश गरिएको छ । साथै पालिकाले चालु आर्थिक वर्षका प्रमुख उपलब्धीहरु पनि सार्बजनिक गरेको छ गाउँ सभामा गाउँ सभा सदस्यलाई ५ मिनेटमा बाेल्ने समय दिईयकाे थियो ।सभामा उठेको सवाल माथि छलफल समेत गरेकाे थियो । उपाध्यक्ष नृप बहादुर खड्काले स्वागत गरेकाे अधिवेशनकाे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले गर्नु भएको थियो ।