विविध व्यापार समाचार स्थानीय

मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन संकलन केन्द्र संचालन

अछामको मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन तथा संकलन वितरण केन्द्र संचालन हुने भएको छ ।
मेल्लेख गाउँपालिका औद्योगिक ग्राम र अन्य वडामा संचालन रहेका सान उद्योग व्यावसाय बाट स्थानीयले उत्पादन गरेका चिज वस्तु संकलन गरि वितरण गर्ने उदेश्यले संकलन तथा वितरण केन्द्र संचालन गर्ने भएको हाे । वितरण केन्द्रकाे मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले आइतबार उद्घाटन गर्नु भएको थियोे ।
उद्घाटन पछि बाेल्दै अध्यक्ष साउदले उद्योग संचालनका निम्ति आवश्यक उपकरण र उद्योगमा पुगेको जानकारी गराउदै उद्योगमा उत्पादन भएका सामाग्री संकलन केन्द्रमा राखेर बिक्री वितरण गरिने बताएका छन । दक्ष जनसक्ति तयार गर्न उद्यमि हरुलाई तालिमको व्यवस्था गरि सीप विकास गरेकाे पनि वताए ।
एक वडा एक उद्योगकाे लक्ष लिएकाे मेल्लेख गाउँपालिकाले मुख्य मेल्लेखकाे उद्योग ग्रामीण उद्योग संग जाेडेर स्थानीय उत्पादनमा लाई जाेड दिएर साेराेजगार वृद्ध गरि व्यावसायिक वनाइने जनाए । नवप्रवर्तन साझेदारी काेष ( IPF) परियोजना र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) कार्यक्रम अन्तर्गत पनि उद्यमि बन्न सहयोग पुगेकाे छ ।
मेल्लेखकाे उद्योग ग्रामबाट उत्पादन गरिएको अल्लाेकाे कपडा , विभिन्न परिकार का अचार आलु चिप्स ,सिस्नु पाउडर ,मसला दालमठ लगायतको सामान वितरण केन्द्रमा राखिएको छ ।
अचार लगायत अन्य सामाग्रीकाे ग्रेडिङ गरिसके पछि विक्रिवितरण गरिने सुचना प्रविधि अधिकृत चन्द्रप्रकाश साउदले बताएका छन । सामना अनलाइन मार्फत पनि अडर गर्न सकिने  साउदले जानकारी दिए । स्थानीयले व्यावसाय बाट उत्पादन र उद्योग बाट उत्पादन भएका वस्तु पालिकाले खरिद गरि अन्य बजारिकरण र व्यवस्थापन गरिने जनाएको छ ।
वितरण केन्द्र उद्घाटन कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष कुसलराज बुढा ,वडा न ३ का वडा अध्यक्ष नाैले रावल ,५ का अध्यक्ष प्रकाश अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा ,प्रशासकीय अधिकृत संगिता ताम्राकार भेटनरी अधिकृत कृष्ण बहादुर राेकाय  लगायतको सहभागिता रहेकाे थियो ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।