समाचार

मेल्लेख गाउँपालिकामा स्वास्थ्य कार्यक्रमकाे बार्षिक समिक्षा तथा याेजना तर्जमा गाेष्ठि सुरु

भदौ ४
मेल्लेख : अछाम जिल्ला मेल्लेख गाउँपालिका स्वस्थ्य कार्यक्रमकाे पालिका स्तरीय आ.ब.०७९/०८० काे बार्षिक समिक्षा तथा आ.ब ८०/८१ काे याेजना तर्जुमा सम्बन्धि २ दिने  गाेष्ठि आज देखि सुरु भएको छ
गाेष्ठि मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा सुरु भएको हाे ।
गाेष्ठि आर्थिक  बर्ष २०७९/०८० मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहितकाे समिक्षा र याे आर्थिक  बर्ष २०८०/०८१ बार्षिक याेजना तयार गरिने भएको छ ।गाेष्ठि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काले उद्घाटन गर्नुभएको थियो ।
गाेष्टि उद्घाटन मा बाेल्दै उपाध्यक्ष खड्काले मेल्लेख अन्तर्गतका प्रत्येक स्वास्थ्य संस्था का समस्या समाधान गर्न  स्वास्थ्य मापदण्ड अनुसार संचालन का लागि आवश्यक  पर्ने स्राेत साधन अपुग सामाग्री  गाउपलिका बाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । उपाध्यक्ष खड्काले  स्वास्थ्य संस्था संचालनमा  स्वास्थ्यकर्मी काे महत्त्वपूर्ण भुमिका हुनुपर्ने र समन्वय सहकार्य र इच्छाशक्ति सृजनशिलताका साथ जनता लाई स्वास्थ्य सेवा बाट कुनै कमि गर्न नहुने  बताएका  छन
स्वास्थ्यका  समस्य समधान गर्न  मेल्लेख गाउपालिका ले  पहिलो प्रथामिकता का साथ कार्यक्रम अगाडि बढाउने पनि  बताएका  छन ।
यस्तै स्वास्थ्य सेवा प्रभावकारी बनाउन
स्वास्थ्यकर्मी ले जिम्मेवार भएर काम गर्न पनि निर्देशन गर्नु भएको छ ।
स्वास्थ्य सेवा सुधार र गुणस्तरीयता बढाउन पुर्बधार बिकास संगै स्वास्थ्य मा पनि लगानी बढि हुनुपर्ने कुरामा जाेड दिनुभएको छ ।
बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि  मा मेल्लेख गा पा का आठ वटै  वडा काे आ.ब २०७९/०८०मा स्वास्थ्य संस्थाले हाल सम्म भयगरेकाे काम र सेवा प्रबाह  समस्य समाधान का लागि कार्ययोजना सहित पेश गरेकाे  प्रगति  प्रतिबेदन  माथि छलफल भैरहेको छ ।
स्वास्थ्य बाट दिइने  सेवा प्रबाह र  स्रोत साधन  समन्धि छलफल तथा  समिक्षा भैरहकाे छ  । स्वास्थ्य संस्थामा थप  सुधार र स्वास्थ्य   संस्था   बाट प्रबाह हुने स्वास्थ्य सुबिधा  प्रभाकारि बनाउने उदेश्य का साथ समिक्षा भैरहेको छ   ।
यस्तै मेल्लेख स्वस्थ्य शाखा बाट यस अघि संचालन गरेका कृयाकलाप ,स्थानीय तहका स्वास्थ्य संस्था सुधार गर्न र स्वास्थ्य का सबै सुचक पूरा गर्न कार्ययोजना सहित तयार पारिने छ  । गाेष्ठिकाे सहजिकरण जिल्ला स्वस्थ्य कार्यलय अछामका सिनेर अनमि तथा निरक्षक टीका सर्मा  जिल्ला स्वास्थ्य अछामका क्षय,कुष्टराेग निरेक्षक दिपेन्द्र जाेशि राष्ट्रिय क्षयरोग कार्यक्रम सयाेंजक हरिश चन्द्र रावल, मेल्लेख स्वास्थ्य शाखा प्रमख वीर बहादुर ठकुल्लाले गरिरहनु भएको छ ।
प्रशासकीय अधिकृत संगिता ताम्राकार काे स्वागत मनतव्यबाट सुरु भएको गाेष्ठिकाे संचालन बिरेन्द्र शाहले गर्नु भएको थियोे । समिक्षा गाेष्टिमा  अठै वडा का  वडा अध्यक्ष हरु स्वास्थ्य ईनचार्ज हरुकाे स्वास्थ्य पदाधिकारी स्वास्थ्यकर्मीहरुकाे  सहभागिता रहेकाे छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।