समाचार

मेल्लेख गाउँपालिकाले स्थापना गर्यो आफ्नै “स्थानीय डाटा सेन्टर”

अछाम जिल्ला कै दुर्गममा अवस्थित पालिका हो,  मेल्लेख गाउँपालिका। जिल्लाको सदरमुकाम मंगलसेनबाट ९ कोष टाढा उत्तरमा अवस्थित रहेको छ। मेल्लेखमा जति अवसर छन्, त्यो भन्दा बढी चुनौति पनि छन्। भौगोलिक बिकटता, राज्यका निकाय सँगको निकट सम्पर्क र सम्बन्ध ती अवसरलाई अरुभन्दा फरक र नमुना भएर स्थापित हुनु पर्ने चुनौति पनि छ।

पछिल्लो समय मेल्लेख गाउँपालिका प्राप्त अवसरलाई अधिकतम सदुपयोग गर्ने र संभावित चुनौतिको सहज सामना गर्ने यात्रामा देखिन्छ।

सेवा प्रवाह, सुविधा विस्तार, संरचनाको निर्माण, र प्रविधी विकासले अरु भन्दा अगाडि र नमुना देखिने स्थानीय तहहरुको दौडमा मेल्लेख गाउँपालिका लागि परेको देखिन्छ। साथै यतिबेला प्रबिधिमैत्री पालिका बनाउन एकिकृत मोबाईल एप जसबाट पालिकाका सम्पुर्ण वस्तुगत विवरणहरु, ई-सिफारिस फारम, गुनासा दर्ता तथा सूचना प्रणालीहरुमा शुसासनका लागि विद्युतिय प्रोफाईल, पुर्वाधार व्यवस्थापन प्रणाली, न्यायिक मामिला प्रणाली, सम्पुर्ण व्यावसाय,कृषि,पशु समुह दर्ता सहित दर्ता चलानी समेत प्रविधि मार्फत संचालन हुनका साथै आफ्नै सूचना प्रविधिमैत्री पुर्वाधार निर्माण गर्ने क्रममा स्थानीय आफ्नै “डाटा सेन्टर” स्थापना गरि अभ्यास थालिएको छ ।

पालिकासँग फाईबर लाईन ईन्टरनेटको पँहुच सहजता नभए पनि पालिका यसको सुरुवात गरेको छ । पालिकालाई समान्य बजेट आकार भएपनि नविनतम पुर्वाधार निर्माण गर्ने काममा पछि परेको देखिदैन जहाँ टेलिफोन नलाग्ने असहजता छ त्यहा इन्टरनेटको पहुचता पुर्याईएको छ। इन्टरनेटमार्फत प्राप्तहुने अवसर विकास गरि प्रविधीमैत्री सेवा र सुशासनमैत्री पालिका बनाउने अभियानमा रहेको पालिका अध्यक्ष ज्वाला सिं साउदले  बताएका छन्।

मेल्लेख गाउँपालिकाले आगामी आर्थिकवर्षबाट आफ्ना सबै सेवालाई सहजरुपमा मोबाईल एपबाट ता अनलाइन प्रविधीमार्फत एकिकृत सूचना प्रणालीको मार्फत कागजरहित सेवा विस्तार गर्ने प्रयास भईरहेको छ। ८ वटै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयका सेवा सुविधालाई डिजिटल प्रविधी मार्फत सेवा सञ्चालन गर्ने तयारी थालिएको सूचना प्रविधी अधिकृत चन्द्रप्रकाश साउदले बताए।

वाईरलेस प्रविधिबाट ईन्टरनेट सेवा प्रवाह गरिदा उच्च गति ईन्टरनेट तथा प्राकृतिक प्रकोप लगायतका विविध कारणले सधै सहज पहुँच नहुनेहुँदा पालिकाले आफ्नै ईन्ट्रानेट स्थापना गरेको छ र सम्पुर्ण पलिका मातहतका सार्वजनिक संस्थामा जडान गरिइको छ र सोको सहयोगले आफ्नै डाटा सेन्टरमा होस्ट प्रणालीहरु ईन्टरनेट नहुदा पनि सहजै चलाउन सकिनेछ हुदा उच्च गति ईन्टरनेट नभएको ठाउँमा यसको महत्व रहनुका साथै डाटा सेन्टरका आधारभुत पुर्वाधारहरु सहित डाटा ब्याकप र यसको सुरक्षा मापदण्डका लागि (VPN), Honeypot जस्ता प्रविधिको प्रयोग ल्याईएको तथा हाल डाटा सेन्टरमा गाउँपालिकाको आफ्नै “Mellekh Cloud”, कर संकलन प्रणाली, ई-पुस्तकालय प्रणालीहरु पालिकाले आफ्नै पुर्वाधारमा राखिएको साउदले बताउनु भयो।

पहिलो चरणमा पालिका विद्युतिय हाजिरी संचालन कार्यविधि २०७९ पारित गरि संचलानमा ल्याईएको छ र पालिका कार्यालय, ८ वटा वडा कार्यालय, स्वास्थ्य चौकी र  सामुदायिक विद्यालय निरन्तरता दिईनेछ । सामन्य सिफारिसको लागि पनि सेवाग्राहीलाई पालिकामै आइरहनु पर्ने र सेवाका लागि काजगपत्र बोक्नु पर्ने समस्या अन्त्य गर्ने गरि डिजिटल र कागज रहित  पालिका बनाउन खोजिएको पालिका उपाध्यक्ष नृप बहादुर खड्काले बताएका छन्।

 यो प्रविधीको युग हो, एउटै कामका लागि घण्टै लाइनमा बस्नु पर्ने, दिनभरको समय खर्चिनु पर्ने र सानो कामका लागि पनि झन्झट सहनु पर्ने अवस्था छ, हामी यो आर्थिक वर्षबाटै सबै समस्या समाधान हुने गरि प्रविधी जडान गरिरहेका छौं, खड्काले  भने। 

प्रविधी मैत्री सेवा र सुशासनयुक्त मेल्लेख  बनाउने अभियान डिजिटल सेवासँगै सुरुवात गर्न खोजिएको छ। वडा कार्यालयमा इन्टरनेट जडान, सोलार तथा विद्युतको व्यवस्थापन, कम्प्यूटर जडान र अनलाइन सेवामा काम गर्न जनशक्ति विकास पालिकाले गरिरहेको छ। वडा कार्यालयबाट सिफारिस ल्याएर पालिका आउने र पत्र बनाएर फेरि घर फर्किनु पर्ने बाध्यता हट्ने सामाजिक विकास सयोजक तथा पालिका प्रबक्ता प्रकाश अधिकारीले बताएका छन।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य मन्त्री नवप्रवर्तन  साझेदारी कोष (IPF) कार्यक्रम अन्तर्गत स्थानीय डाटा सेन्टर  सेवा विस्तार भै सकेको छ। मेल्लेख गाउपालिका संभवत स्थानीय तहमा आफ्नै डाटा सेन्टर बानउने पहिलो पालिका हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले बताएका छन्। “स्मार्ट मेल्लेख-डिजिटल मेल्लेख” गाउँपालिका बनाउन स्थानीय तह समन्वय र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कोषको सहयोगमा सञ्चालनमा भईरहेको छ।

मूलतः स्थानीय सुशासन अभिवृद्धि गर्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्ने पालिकाको विश्वास छ। सेवा विस्तार पछि पालिका भित्रका २२ हजार बढी जनसंख्या लाभान्वीत हुने छन्। मेल्लेख गाउपालिकाले सुरुमै प्रबिधि मैत्री पालिका डिजिटल पालिकाको अवधारणा ल्याएको थियो। त्यसको संस्थागत विकास र सुरुवात यो आर्थिक वर्षबाट हुने भएको छ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।