समाचार

मेल्लेख गाउँपालिका अध्यक्षले गरे अपांग मैत्री स्कुटर सहयोग

मंसिर १० गते  मेल्लेख गाउँपालिका अछामका अध्यक्ष ज्वाला सिं साउदले   आफूले पाउने एक वर्षको तलब सेवा  सुविधा बाट  अपांग मैत्री चार पांग्रे स्कुटर सहयोग हुने गरि आईतवार  हस्तान्तरण गर्नु भएको छ । कानुन अनुसार गाउँपालिका अध्यक्षले प्राप्त गर्ने तलब सुविधा बापतको रकम बाट मेल्लेख  गाउँपालिका वडा न.४ कुस्काेट खाडाका स्थानीय नृप साउद लाई २ लाख ५० हजार बराबरको स्कुटर सहयोग  गर्नुभएको हो ।

अपांग भएका साउद २०७६ भदौ १३ गते वडा न ७ नन्देगडा बजार नजिक जिब दुर्घटनामा परि गंभिर घाइते भइ लामाे समयकाे उपचार पछि  घर फर्केका थिए ।

२४ बर्षिय युवा अशक्त साउदकाे दुईवटा खुट्टा नचल्ने भएको अबस्थामा हातले चलाउन मिल्ले चार पांग्रे स्कुटर सहयोग गरेकाे  अध्यक्ष साउदले जानकारी  गराउन भएको छ । यसरी मेल्लेख  गाउँपालिका अध्यक्ष साउद  द्वारा स्कुटर सहयोग गरेपछि आफू मन लागेकाे ठाउँ जान सक्ने  र राेजगार समेत हुने भएपछि  आफू निकै खुसि भएको अशक्त नृप साउद बताएका छन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।