मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटमा अदुवा खेती विस्तार गरिदै।
अर्थ व्यापार स्थानीय

मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटमा व्यावसायिक अदुवा खेती विस्तार गरिदै।

पुष २० लालबहादुर चदारा

अछामको मेल्लेख गाउपालिका वडा न ४ कुस्काेट काे गाज्रा मा अदुवा खेती विस्तार कार्यक्रम लाई व्यावसायिक रुपामा अगाडि बढाएकाे छ ।

नेकपा माओवादी केन्द्र मेल्लेख संगठन कमिटी का अध्यक्ष समेत रहेका ज्वालासिंह साउदले अदुवा खेती बिस्तार कार्यक्रम लाई व्यावसायिक रुपमा अगाडि बढाएकाे हाे । उहाले अाफ्नाे उत्पादन लाई व्यावसायिक करण गरि समुदाय मा कृषि उपच बाट मनग्गे आम्दानि लिन सकिने भन्दै अदुवा खेति सुरुवात गरेकाे बताएका छन ।नगदे बालिकाे रुपमा रहेकाे अदुवा खेति पुरानो खेती प्रणाली लाई अधुनिकरण गरि अाफ्नाे श्राेत साधान र श्रम काे उचित प्रयाेग गरि पुजि बढाउनु पर्ने मा जाेडदिनु भएकाे छ । साउदले अाफुले एकीकृत व्यावसायिक कृषि फम दर्ता गरि अाफ्नै बारिमा अदुवा खेति गरिरहनु भएको छ ।

मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटमा अदुवा खेती विस्तार गरिदै।

अाफ्नै वारि बाट मनग्ये अाम्दानि लिन सकिने भन्दै उहाले कुस्काेट काे गाज्रामा ७ राेपनि भन्दा बढि जमिन मा अदुवा खेति गरेका छन । मेल्लेख कृषि बिकास शाखा बाट १ लाख काे स्वअनुदान र बाकि अाफ्नै लगानीमा १० कुण्डल अदुवा लगाउनु भएकाे थियाे ।१० कुण्डल अदुवा बाट अनुमानित ५० कुण्डल काे हाराहारीमा अदुवा बीउ उत्पादन हुनसक्ने बताएका छन । साउदले पहिलो बर्ष मेल्लेख गाउपालिका कृषक हरुला बिउ काे रुपमा बितरण गरि अदुवा पकेट क्षेत्र काे रुपमा विस्तार काे विकास गरिसके पछि मात्रै बजारिकरण गरिने बताएका छन । लामो समय सम्म राजनिती मा हुमियका साउद ले आफ्नाे राजनीतिक संगै कृषि क्षेत्रमा पनि उदाहरणीय काम गरेका छन । उहाँले गरेकाे काम बाट राेजगारिकाे शिलशिला मा बाहिर जाने युवा हरुका लागि पनि सकाई भएकाे छ ।

कृषि क्षेत्रमा मा पनि लगानी लगाए , आधुनिक र नयाँ ढंग बाट खेती पप्रणाली काे सुरुवात गरे युवा हरुले पनि बिदेशिनु नपर्ने उहाँको भनाइ छ । साे अदुवा खेति काे अाज मेल्लेख कृषि बिकास शाखा बाट अनुगमन समेत गरेकाे छ । कृषि बिकास शाखा का नायब प्राबिधिक सहायक सुमन चाैधरि समाजसेवी युवा तथा नेकपा माओवादि केन्द्र का जिल्ला कमिटी सदस्य गंभिर साउद पत्रकार सहित काे टाेलिले साे अदुवा पकेट क्षेत्र काे अनुगम गरेकाे छ । अरु बालि भन्दा नगदे बालि बाट फाइदा लिन सकिन देखिएकाे छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।