

साउन २ अछामको मेल्लेख गाउँपालिका गाउँ कार्यपालिका काे पाँचौ बैठक सम्पन्न भएकाे छ ।
मेल्लेख गाउँपालिका का अध्यक्ष ज्वालासिंह साउदकाे अध्यक्ष्ातामा भएकाे बैठकमा मेल्लेख काे चैखुट्टे मा रहेकाे अाधरभुत अस्पताल संचालन काे लागि पालिका अध्यक्ष ज्वालासिंह साउद अध्यक्ष् रहने गरि ९ सदस्यीय अाधारभुत अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन गरेकाे छ ।
यस्तै १५ सयौं अाधारभुत अस्पताल निर्माण काे लागि यश अघि गरिएकाे ठेक्का रद्द गरि अार्थिक बर्ष २०७९/०८० मा संघीय सरकार काे समन्वय मा पुनः ठेक्का अावहान गर्ने , रिक्त मेडिकल अधिकृत , अावश्यक स्वास्थ्य कर्मचारी काे बिज्ञापन र फार्मेसी संचालन काे लागि ठेक्का गरिने पनि जनाएको छ ।
यसैगरी मेल्लेख ७ नन्देगडा रिठेगाउका सुख्खा पहिराे पिडितहरु का लागि मेल्लेख गाउपालिका र प्रदेश सरकार काे सहयोगमा निर्माण गरिएकाे नमुना बस्ती साउन मसान्तभित्र पहिराे पिडित हरुलाई हस्तान्तरण गरिने , पनि निर्णय भएकाे छ । सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार कार्यनयन गर्न सुरक्षित गर्भपतन सेवा का लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सुचिकृत गर्ने
वैकल्पिक उर्जा व्यवस्थापन गर्न वडा न. २ का वडा अध्यक्ष कुसलराज बुढा सयांैजक रहने गरि ६ सदस्यीय उर्जा बिकास समिति गठन ,गरेकाे छ । बालबालिकाहरुलाई समस्या मन पर्न नदिन अापतकालिन बालकाेष संचालन गरिने
यश अघि सुरुवात भएका कार्यहरू तिब्र गतिका साथ अघि बढाउने निर्णय भएका छन
बैठक मा मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का कार्यपालिका सदस्य हरुकाे उपस्थिति रहेको बैठक काे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक धामीले गर्नु भएकाे थियाे ।