समाचार

मेल्लेख प्रहरी चाैकीअबैध मधिरा नियन्त्रणमा सक्रियता

साउन २४ मेल्लेख प्रहरी चाैकिले अबैध मधिरा नियन्त्रणमा सक्रियता बढाएको छ । मंगलबार प्रहरी सहायक निरक्षक दान सिह धामी काे नेतृत्वमा खटिएको टाेली द्वारा मेल्लेख नन्देगडा जिराे प्वाइन्टमा सवारी साधन चेक जाच काे क्रममा अछामकाे साँफेबगर बाट मेल्लेख गाउँपालिका वडा न.६ शाेडषामा अबैध मधिरा जिबमा लैजादै गरेकाे अबस्थामा १५ पेटि ओरेन्ज नामक कमसल खाले मधिरा र २० लिटर घरेलु मधिरा बरामद गरि स्थानीय जनप्रतिनिधिकाे राेहभरमा नस्ट गरेकाे छ । मेल्लेख प्रहरी चाैकिले आज पनि  मेल्लेखकाे विभिन्न स्थानमा १० लिटर  घरेलु मधिरा र ४० लिटर  मधिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ समेत बरामद गरि नष्ट गरेकाे प्रहरी चाैकि मल्लेखले जनाएको छ ।मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा र लागु औसत नियन्त्रण  अभियानलाई आफूले निरन्तर राख्ने पनि  बताएको  छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।