अछामको मेल्लेख गाउँपालिका बि.स.२०८३ काे अन्त्य सम्म बाल बिवाहा मुक्त पालिका घाेषणा गर्ने सराेकारवालाले प्रतिबद्धता जनाएका छन ।
बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशालामा कार्ययोजना सहित प्रतिबद्धता गरेका हुन।
आस्था नेपाल,वल्ड्र भिजन इन्टरनेशनल नेपालको सहयोग र मेल्लेख गाउँपालिका आयोजना तथा समन्वयमा बालविवाह अन्त्य गर्ने रणनीतिमाथि सरोकारवालाहरू सँग वृहत् छलफल का साथ साेमवार कार्यशाला सम्पन्न भएको हाे ।
बालबिबाह रहित ,बालमैत्री पालिका हाम्रो चाहना ,शिक्षित सभ्य नैतिकवान मेल्लेख गाउँपालिका हाम्रो कामना भन्ने मूल नारालाई आत्मसात् गर्दै बालविवाह रोक्नका लागि पालिकाकाको सभा हलमा घनीभूत छलफल गरिएको थियो ।
आस्था नेपाल अछामका जिल्ला कार्यसमिति सदस्य गंग
बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी प्रमुख अतिथि रहेका थिए ।
कार्यवाहक अध्यक्ष समेत रहेका प्रमुख अतिथि अधिकारीले बालविवाह राेक्नकाे लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताएका छन ,सवैले आ -आफ्नाे जिम्मेवारी पुरा गरे बालबिबहा विरुद्ध थालिएको अभियान लाई निरन्तरता दिनुपर्ने भन्दै ,बालविवाह अन्त्यका लागि सबै सरोकार पक्ष एक जुट भएर लाग्नु पर्ने कार्यवाहक अध्यक्ष अधिकारीले सुझाव दिए ।कार्यक्रममा सहभागि वडा अध्यक्ष हरुले बालविवाह अन्त्य गर्न यश अघि बनाएको रणनीतिक याेजना कार्यनयन नभएको भन्दै आगामी रणनीतिक याेजना कार्यनयन हुने गरि सबैले प्रतिबद्ध भएर लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा पालिका नि. प्रमुख प्रशासकीय अधिकृत खडक धामीले बालबिबाह अन्त्यका लागि चालिएको अभियानलाई स्थानीय तह बाट प्रभावकारीरुपमा कार्यनयन गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन ।
यस्तै सहभागी महिला वडा सदस्य देवसरा रावलले बाल बिवाहा अन्त्यका लागि स्थानीय जनप्रतिनिधि सम्बन्धित सराेकारवाल पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन ।
मेल्लेख गाउँपालिका वडा न ३ ठाटी बालमैत्री वडा घाेषणा भैसकेको वडा हाे ।भने वडा न ६ र ७ बालमैत्री वडा घाेषणा काे तयारीकाे अभियानमा छ । यसै सन्दर्भमा बालमैत्री स्थानीय शासनका सुचक बारे पनि व्यापक छलफल गरिएको थियोे ।
बालविवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल तथा,बालमैत्री स्थानीय शासनका विषयमा फ्युचर नेपालका सहजकर्ता राम प्रसाद दाहाल र सुशील राज गिरीले सहजीकरण गरेका थिए ।
सन् २०३० सम्म देशलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिइएको छ ।
बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी समापन सत्रकाे संचालन आस्था नेपालका बनलसंरक्षण फिल्ड अधिकृत तथा मेल्लेख बालअधिकार समिति सदस्य भ्वानसिह सार्किले संचालन गरेका थिए ।
कार्यशालामा स्थानीय जनप्रतिनिधि बिषयगत शाखा प्रमुख संस्थाका पदाधिकारी बाल संजालका प्रतिनिधि लगायतको सहभागिता रहेकाे थियाे।