साउन ३१ अछाम जिल्ला काे मेल्लेख गाउँपालिकामा कृष्णजन्मा अस्टमि काे अवसर पारेर राम स्मृति युवाकल्वले अायाेजना गरेकाे खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबार उद्घाटन उद्घाटन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले खेलकुदकाे बिकास गर्न का लागि पालिका बाट हुने सहयोग मा कुनै कमि नराख्ने बताएका छन ।
उहाले मेल्लेखमा मिनि कबट हल काे व्यवस्था गरि अागामि बर्ष कबटहलमा नै खेलकुदका अायाेजनाहरु संचालन गरिने पनि बताएका छन ।
यस्तै विशिष्ट अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले खेलाडी हरुले अनुशासित भएर खेलकुद बाट अाफ्नाे प्रतिभा पहिचान गराउनुपर्ने ,बताएका छन ।
अर्का बिशिस्ट अतिथि अछाम जिल्ला खेलकुद बिकास समिति अध्यक्ष केशरबहादुर खड्काले अछाम जिल्ला काे खेलकुद बिकास काे लागि अाफु कार्ययोजना सहित अगाडि बढने बताएका छन ।
कल्वका अध्यक्ष गाेकुल बाेहराकाे अध्यक्ष्ातामा भएकाे उद्घाटन कार्यक्रम प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए ।
भने बिशिस्ट अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का र जिल्ला खेलकुद बिकास समिति अछाम का अध्यक्ष केशरबहादुर खड्का रहनु भएका थिए ।
प्रतियोगितामा मेल्लेख वडा न ५ का वडा अध्यक्ष प्रकाश अधिकारी , नेकपा एमाले मेल्लेख संगठन कमिटी सचिव सुरेन्द्र बहादुर साउद ,नेपाली काग्रेस पाटि प्रतिनिधि माेति सिह साउद, नेकपा माअाेवादि केन्द्र वडा कमिटी अध्यक्ष प्रेमबहादुर बाेहरा साफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद सर्मा लगायत ले शुभकामना मनतव्य राख्नु भएको थियोे ।
बलबहादुर बिक काे स्वागत मन्तव्य बाट सुर भएको प्रतियोगिता काे संचालन सचिव पुरन अधिकारी ले गरेका थिए ।
प्रतियोगितामा कालिकोट ,बाजुरा, अछाम गरि १३ वटा टिमको सहभागिता रहेकाे छ ।