समाचार स्थानीय

मेल्लेख मा वाक नेपाल द्वरा गरिएका क्रियाकलापहहरुकाे सयुक्त अनुगमन

साउन २२ अछाम जिल्ला काे मेल्लेख गाउपालिका मा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सयुक्त साझेदारीमा संचालित उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना अन्तर्गत यस अघि संस्था द्वरा सहयोग गरेका विभिन्न क्रियाकलाप काे अाज स्थलगत अनुगमन गरिएको छ ।

मेल्लेख गाउपालिका उपाध्यक्ष तथा पालिका अनुगमन समिति सयाेजक नृप बहादुर खड्का काे सयाेजकत्वमा पालिका काे वडा न.४ कुस्काेट वडा न. ५ बिन्धेवासनि वडा न ६ शाेडषा र वडा न. ७ काे नन्देगडा गरि ४ वटा वडामा स्थलगत अनुगमन गरिएको हाे ।

संस्था द्वरा मेल्लेख गाउपालिका काे वडा हरुमा अति जाेखिम र विपन्न परिवारहरुलाई व्यावसायमा पुनःस्थापन बन्न का लागि हाेटल तथा नास्ता पसल ,खुद्रा पसल ,बाख्रा पालन ,कुखुरा , पालन, भैंसी पालन दूध डेरि , फर्निचर ,सिलाईकटाई मेसिन ,महिला हरुकाे कार्यबाेज घटाउने उदेश्यले मिनि टिलर ( हाते टेक्टर) धान गहुँ बताउने पंखा , मकै पाेकडने मेसिन , जिबिकाे पार्जन गर्नाका लागि पर्दशनि कृषि प्लट ,प्लास्टिक टनेल ,अालु खेती युवा ,महिला बालबालिका लक्षित कार्यक्रम लागायत का व्यावसाय लागि संस्था बाट सहयोग गरिएको जनाएको छ ।
यसरी विपन्न परिवार अपांगता भएका व्याक्ति, एकल महिला टुहुरा बालबालिका लाई राहत हुनेगरि छनाेट गरि बाख्रापालन का लागि सहयोग पाएपछि अाफु निकै खुसि भएकि वडा न. ५ कि कुन्ता अधिकारी र वडा न. ४ कि झिरु देवी साउद ले बताएका छन ।
यस्तै वाक नेपाल बाट पर्दशनि प्लट पाएपछि तरकारी खेति बाट अाफुले मनग्ये अाम्दानि गरेकाे घर खर्च र छाेरा छाेरि काे पढाई समेत धारेकाे कुस्काेट वडा न ४ का अगुवा कृषक मन बहादुर साउदले बताएका छन । उहाले वाक नेपाल बाट ५ दिनकाे तालिम र कृषि सामाग्री सबै सहयोग अनुदान पाए पछि अाफु तरकारी व्यावसायि बन्न सफल भएकाे बताए । घरमै प्राबिधिक अाई सहजिकरण भएपछि अाफुलाई काम गर्न सजिलो भएको उहाँको भनाइ छ । अनुगमन बाट फर्किए पछि कार्यक्रम काे समिक्षा मा संस्था ले गरेकाे काम प्रभावकारी , प्रादर्शिता ,उपलब्धिमुलक ,र व्यावसायिकरण भएको निष्कर्ष निकालेकाे छ । समिक्षा मा मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काले संस्था मार्फत भए गरेका काम प्रति खुसी व्यक्त गर्दै अागामि दिनमा थप पालिका काे समन्वय मा संस्था ले गर्ने हरेक क्रियाकलापमा सहयोग गरिने प्रतिबद्धता जनाएका छन ।

यस्तै वाक नेपाल बाे्र्ड का माहासचि अप्सरा कुवर ले यश अघिका कमि कमजोरी काे समिक्षा गर्दै अागामि दिन मा नयाँ जनप्रतिनिधि हरुकाे सुझाव सल्लाह समन्वय अनुसार संस्था का हरेक कामकाज अगाडि लैजाने प्रतिबद्धता जनाएकि छन ।
यस्तै वडा न . ५ का वडा अध्यक्ष प्रकाश अधिकारी ,६ का वडा अध्यक्ष तिलक कडायत ७ का वडा अध्यक्ष प्रेमबहादुर महर र वडा न . ४ का कार्यबाहक वडा अध्यक्ष शंकर साउदले पनि संस्थाले गरेकाे काम प्रति सन्तुष्ट जनाउदै धन्यवाद दिएका छन ।
अनुगमन टाेलिमा मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ठकुल्ला कृषि शाखा प्रमुख लाेकेन्द्र साउद पशु सेवा शाखा प्राबिधिक गाेबिन्द बाेहरा लगायत ले संस्था द्वरा अागामि दिन मा गर्नु पर्ने काम काज काे विषयमा सुझाव सल्लाह राखेका थिए । अनुगमन मा
वाक नेपाल कार्यसमिति सदस्य सुरत खड्का वाक नेपाल व्यावस्थापक चेतराज जाेशि , परियाेजना सयाेंजक दिलिप बहादुर बाेहरा ,अनुगमन सयांैजक जगत रावल ,लेखा सयांैजक ईश्वर प्रसाद उपाध्याय ,खरिद अधिकृत अनुजा श्रेष्ठ ,जिबिकाे पार्जन अधकृत निरन्जना पनेरु सामाजिक परिचालक रमेश भुल ,भुपेन्द्र भण्डारी ,कबिता साउद ,दिपिका ओड , पत्रकार लगायतको सहभागिता रहेकाे थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।