समाचार

मेल्लेखमा स्थानीय बालअधिकार समितिकाे बैठक सम्पन्न

जेठ २३ मेल्लेख
अछामको मेल्लेख गाउपालिका मा स्थानीय बालअधिकार समिति काे मासिक बैठक सम्पन्न भएकाे छ । मेल्लेख गाउँपालिका बाल अधिकार समितिकाे आयाेजना आस्था नेपालकाे साझेदारी वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोगमा बैठक सम्पन्न भएकाे हाे ।
मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी काे अध्यक्षतामा भएको बैठकमा पालिकाकाे समन्वय र वल्र्ड भिजन ईन्टरनेश्नलकाे साझेदारी आस्था नेपालकाे सहयोगमा मेल्लेख गाउँपालिका अन्तर्गतका वडाहरुमा संचालन भैरहेको रुपान्तरण कक्षा प्रभावकारी रहेकाे भन्दै साे कक्षालाई थप निरन्तरता दिने निर्णय गरेकाे छ। यस्तै बालबालिकाकाे हितकाे लागि , मेल्लेखमा रहेकाे बाल काेषमा आस्था नेपाल बाट हुने सहयोग रु ५० हजार अनाथ बालबालिकाकाे लागि सहयोग गरिने , बालबालिकाकाे क्षेत्रमा रकम विनियोजनकाे लागि गाउँकार्यपालिकाकाे बैठकमा बालबालिकाकाे कार्ययोजना सहित बजेट माग गर्ने र मेल्लेखमा बाल मैत्री स्थानीय शासन वडा घाेषणाकाे अभियानलाई सहयोग पुग्ने गरि बाल मैत्री स्थानीय शासन सम्बन्धि जानकार भएको लाई व्यक्तिलाई बाल मैत्री स्थानीय शासन सम्पर्क व्यक्ति ताेक्ने लगायतका निर्णय गरेका छन ।बैठकमा मेल्लेखका वडा अध्यक्षहरु स्थानीय बाल अधिकार समितिका पदाधिकारीहरु सहभागिता रहेकाे बैठकको संचालन तथा सहजिकरण आस्था नेपालका बाल संरक्षण अधिकृत तथा स्थानीय बाल अधिकार समिति सदस्य भ्वान सिह सार्की ले गर्नु भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।