साउन २० मेल्लेख
अछामको मेल्लेख गाउपालिका मा स्थानीय बालअधिकार समिति काे मासिक बैठक सम्पन्न भएकाे छ ।
मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति का सयाैंजक नृप बहादुर खड्का काे अध्यक्ष्ातामा भएकाे बैठक मा मेल्लख मा रहकाे बालअधिकार समिति र आस्था नेपाल काे सझेदारिमा मेल्लेख मा संचालित विभिन्न क्रियाकलाप र बालबालिका का लागि यश अघि तयार गरिएकाे कार्ययोजना कार्यनयन बिषयमा समिक्षा गरिएकाे छ।
यस्तै मेल्लख गाउँपालिका र अस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सहयोगमा स्थापना गरिएको बाल काेष बाट मेल्लख गाउपालिका अन्तर्गत का वडा बाट अति जाेखिममा रहेका १६ जना बालबालिकालाई छनाेट गरि अवश्यक शैक्षिक सामग्री सहयोग गरिने बताएको छ ।
थप बालबालिका काे अबस्था विश्लेषण गर्न यहि २४ गते मेल्लेख ७ काे नन्देगडा डाडबाड र मेल्लख बिन्धेबासनि ५ काे जाब्ला टाेलमा रहेका बालबालिका काे सर्वेक्षण तथा अनुगमन गरि प्रतिबेदन तयार गरिने जनाएको छ ।
यसै गरि बालबालिका काे समस्य समाधान काे लागि मेल्लख गाउपालिका बालअधिकार समिति मार्फत बाल काेषकाे स्थर बढाउन अास्था नेपाल संग थप रकम माग गर्ने निर्णय गरेकाे छ ।
बैठक मेल्लेख गाउपालिका बालअधिकार समिति काे अायाेजना आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोग ,साझेदारी र पालिकाकाे समन्वय सम्पन्न भएकाे हाे।
बैठक मा मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष तथा सामाजिक बिकास सयाेजक प्रकाश अधिकारी वड न. ६ का वडा अध्यक्ष तिलक कडायत कार्यबाहक वडा अध्यक्ष हरु निमित्त प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ठकुल्ला राेजगार सेवा केन्द्र का सयाेजक बिक्रम भण्डारी बिषयगत शाखा प्रमुख ,बालअधिकार समिति का पदाधिकारी ,लगायतको सहभगिता रहकाे बैठक काे संचालन तथा सहजिकरण आस्था नेपालका फिल्ड अधिकृत तथा मेल्लेख बाल अधिकार समिति सदस्य भ्वानसिंह सार्की ले गर्नु भएको थियाे ।

