समाचार

मेल्लेख वडा न.५ ले कक्षा ८ र एसईई मा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने घाेषणा

मेल्लेख गाउँपालिका वडा न. ५  बिन्धेवासिनिले याे शैक्षिक सत्रमा कक्षा ८ र एस ई ई मा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने निर्णय गरेकाे छ
आज बसेकाे वडा समितिकाे बैठकले यस्तो निर्णय गरेकाे हाे ।
विद्यालयमा पहुँच,उच्च  शिक्षा हासिल बिद्यालयमा  आकर्षित  गराउने तथा विद्यार्थीको हौसला बढाउने उदेश्य  राख्दै ,वडा न.५ ले कक्षा ८  एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण हुने छात्र छात्रा लाई कक्षा ८ मा पालिका प्रथम लाई २१ हजार १ सय १ द्वितीय हुनेलाई  १५ हजार १सय १ तृतीय १० हजार १ सय१ नगद  पुरुस्कारकाे व्यवस्था गरिने वडा न. ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले बताएका छन
यस्तै वडा न.५ घटेडाडा आधारभुत बिद्यालय सरानि  र जनता नमुना प्राबिधिक बिधालय मेल्लेखका छात्र छात्रा हरुका लागि एसईई  ५ न.वडा प्रथम लाई ५० हजार १सय १ एस ई ई मा मेल्लेख गाउपालिका प्रथम भए , १लाख १सय १ नगद पुरस्कार प्रदान गरिने वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभएकाे छ । उक्त नगद पुरुस्कारकाे लागि वडाको स्थायी बासिन्दा हुनुपर्ने जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।