समाचार

मेल्लेख-८ मा १ महिने हाेजियारी तालिम

अछाम  जिल्लाको मेल्लेख गाउँपालिका वडा न.८ हतिकाेटमा  एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिकाकाे सहयोग महिला बालबालिका शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी  होजियारी बुनाई तालिम मेल्लेख  गाउँपालिका -८ हतिकाेटमा साेमवार  सम्पन्न भएको हाे ।
स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको  महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले बताइन्  ।
मेल्लेख गाउँपालिकाका वडा नम्बर .८  बाट बुनाई होजियारी सम्बन्धी सीप विकास तालिमका २० जनाको सहभागिता रहेका थिए ।  तालिम वडा न. ८ का वडा अध्यक्ष महेश ठकुल्लाकाे अध्यक्षतामा समापन गरिएको थियाे ।
वडा अध्यक्ष ठकुल्लाले तालिम समापनमा बाेल्दै तालिममा  सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्नुपर्ने भन्दै , यस्काे निरन्तरता हुनुपर्ने बताए ।
३० दिन सम्मको हातले बुन्ने  होजियारी सम्बन्धी सीप विकास तालिममा  सुइटर,गलबन्दि,टाेपि ,माेचा, लगायतका अन्य उनबाट बन्ने लुगा बनाउन सिकेको प्रशिक्षक सरला थापाले बताएकी छन ।
तालिममा समापनमा स्थानीय जनप्रतिनिधि वडा स्तरीय महिला संजालका पदाधिकारी लागायतकाे सहभागिता रहेकाे थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।