भदौ २१ मेल्लेख गाउपालिका मा पालिका स्तरीय वाक नेपाल एकिकृत उत्थान शिल जिबिकाे पर्जान तथा पाेषण परियाेजना अन्तर्गत आर्थिक बर्ष २०७८/०७९ काे १ बर्ष अबधिमा भए गरेका क्रियाकलाप र उपलब्धि तथा कार्षिक प्रगति विवरण सर्बजनिक गरेकाे छ ।
जस्मा मेल्लेख का २ सय ८७ जना मा जिबिका पार्जन पुन स्थापना सहयोग पुगेकाे छ । व्यावसाय पुनःस्थापन अन्य विपन्न परिवार काे जिबन स्थर माथि उठाउन हरेक क्रियाकलाप संचालन काे लागि मेल्लेख गाउपालिका का ८ वटा वडामा ९१ लाख ९४ हजार ५ सय ५६ बराबरको सामाग्री र व्यावसायिक सहयोग गरेकाे छ
यस्तै संस्थाले गरेकाे क्रियाकलाप बाट मेल्लेख मा भए गरेका काम काे उपलब्धि लक्ष्य अनुसार प्रगति भएको सराेकारबालाहरुकाे भनाइ छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपाल र वाक नेपाल काे सहयोगमा , जिविकाेपार्जन पुनःस्थापना सहयोग ,व्यावसाय पुनःस्थापना , सीप विकास सम्बन्धि सहयोग महिला हरुकाे लागि कार्यबाेज हटाउन अाधुनिक कृषि सामाग्री, मिनि टिलर सहयोग समुदाय मा कृषि पकेट क्षेत्र कृषि प्रदसनि प्लट स्थापना ,लगायत विपन्न परिवार काे जिबन सुधार गर्ने कार्यक्रम संचालन गरिरहेकाे छ ।
मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी काे अध्यक्ष्ातामा भएकाे पालिका स्तरीय बार्षिक प्रगति समिक्षा बैठक मा मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकाेटले वाक नेपाल वल्र्ड भिजन काे सहयोगमा मेल्लेख गाउपालिका मा गरेका हरेक क्रियाकलाप उपलब्धि मुलक भएको बताएका छन । वाक नेपाल मार्फत ,मेल्लेख गाउपालिका काे समन्वय मा सवालम्बि समाज, स्वास्थ्य ,दिर्घजिवन सीप ,व्यावसाय , सामाजिक न्याय ,सचेत नागरिक ,शिक्षा, स्वास्थ ,जिबिका पार्जन लैङ्गकि समानता विपत जाेखिम न्युनिकरण, सामाजिक रुपान्तरण व्यावसाय मुखि समुदाय स -सक्त बनाइ समाज रुपान्तरण लागि पार्दशिता सुशासन जवाफदेहिता मा महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै संस्थालाई धन्यवाद दुनु भएकाे छ । साथै अागामि दिनमा संस्थाले गर्ने क्रियाकलाप गाउपालिका काे समन्वय मा मेल्लेखमा व्यावसायिकरण , समुहिक व्यावसाय साेराेजगार सीप,संगै समुदायको क्षेमता बृद्धि गर्न वृहत् पलान बनएर अगाडि बढनु पर्ने बताएका छन । यस्तै वडा अध्यक्ष मध्य बाट वडा न .२ का वडा अध्यक्ष कुशल राज बुढाले संस्थाले गरेका हरेक क्रियाकलाप काे मुल्यांकन अनुगमन काे पाटाे पनि बलियाे बनायर लैजानुपर्ने बताएका स्थानीय सरकार काे साझेदारीमा संस्थाले अगाडि बढाएका हरेक क्रियाकलाप काे निरन्तरता दिनुपर्ने बताएका छन । बुढाले अब अागामि दिनमा स्थानीय कच्चापदार्थ प्रयोग र उत्पादनमा मा जाेड दिनुका साथै व्यावसाय गर्ने हरुका लागि उचित बजारिकरण समुह मार्फत उद्योग संग व्यावसाय जाेडेर पनि लैजानु पर्ने बताएका छन ।
यस्तै संस्था काे प्रगति समिक्षा बैठक लाई समापन गर्दै कार्यवाहक अध्यक्ष प्रकाश अधिकारीले अब अागामि बर्ष संस्था बाट गर्ने काम काे लागि थप पालिका ले बनाएकाे मास्टरपलान काे अाधार मा संस्था का हरेक क्रियाकलाप दिगाे बिकास समृद्ध सामाज निर्माण तर्फ कार्यक्रम लक्षित हुनुपर्ने बताएका छन । परियाेजना काे प्रगति समिक्षा बैठकमा परियाेजना मार्फत भएका क्रियाकलाप काे जानकारी जिविका पर्जन परियाजना अधिकृत निरन्जना पनेरू ले जानकारी गराएका थिए । समिक्षा बैठक मा वाक नेपाल लेखा तथा प्रशासन शाखा सयौंजक इश्वर उपाध्याय ले बैठक काे उदेश्य र आगामी बर्ष मा गर्ने क्रियाकलाप बारे जानकारी गराए का थिए । बैठक काे संचालन वाक नेपाल सामाजिक परिचालक रमेश भुलले गर्नु भएको थियाे । बैठकमा वडा अध्यक्षहरु शाखा प्रमुख, वाक नेपाल सामाजिक परिचालक कविता साउद लगायतको सहभागिता रहेकाे थियाे । साेहि परियाेजना अन्तर्गत जिल्ला काे साफेबगर र कमलबजार नगरपालिका मा पनि संस्थाले गरेका कामकाे बार्षिक प्रगति समिक्षा सम्पन्न भएको छ ।
