समाचार

शैक्षिक सुधारका लागि पलिकाभरिका माध्यमिक तह अंग्रेजी पढाउने शिक्षकका लागि नेतृत्व विकास तालिम

अछामको मेल्लेख गाउँपालिकाले विद्यालय व्यवस्थापन तथा गुणस्तर सुधारका लागि विभिन्न पहल गरिरहेको छ । पालिकाले अनुदानमा शिक्षक राख्ने, सबै विद्यालयका भवन पक्की बनाउने, टिनका छाना हटाउने बिद्यालयका समस्या बुझ्न अनुगमन लगायतका कार्य गरिरहेको छ । साथै माध्यमिक तहमा अंग्रेजी विषयकाे शिकाई उपलब्धि बृद्धि र शिकाइ पद्धतिलाई आधुनिक प्रबिधिसंग जाेडेर शैक्षिक उन्नतिका लागि माध्यमिक तह अंग्रेजी पढाउने शिक्षकका लागि २ दिने नेतृत्व विकास तालिम समेत दिएको छ ।

विद्यालयको सामूहिक उद्देश्य प्राप्तिका लागि नेतृत्व अभ्यास कार्यान्वयन, शिक्षाको मापदण्ड पुरा गर्न, शिक्षाका गतिविधि आधुनिक परिवेशमा बदल्न, शिक्षाको गुणस्तर, प्रभावकारिताका लागि, अंग्रेजी शिक्षक जिम्मेवारी, वहनमा प्रतिबद्ध गराउन, साथै मेल्लेखका विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न शिक्षा नीतिमा भएका अधिकार प्राप्ति, शिक्षाको वृद्धि विकास, सुशासन कायम गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पालिकाका अध्यक्ष ज्वालासिंह साउँदले बताउनुभयो । तालिम सहभागी सम्पूर्ण शिक्षककाे प्रतिनिधित्व हुने गरि कालिका मा.बि का शिक्षक खेमराज साउदले मनतव्य राख्दै ,तालिम निकै उपयाेगि रहेको बताएका छन । आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । तालिम मेल्लेख गाउपालिकाकाे उपाध्यक्ष नृप बहादुर खड्का काे अध्यक्ष्ातामा समापन भएकाे हाे ।मेल्लेख गाउँ पालिकाकाे आयाेजनामा भएको तालिमको सहजिकरण प्रशिक्षक किङ जे बाइडेन र सागर खड्काले गर्नु भएको थियो ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।