संवाददाता
मेल्लेख गाउँपालिकाकाे वडा नम्बर ४ काे वडा कार्यालयले सामुदायिक बिधालयकाे शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
बार्षिक परिक्षाकाे नतिजा खराब आएपछि वडा कार्यालय शैक्षिक सुधार गर्नतर्फ अग्रसर देखिएको हाे।
चालू शैक्षिकसत्रकाे सुरूवातमा हाल वडा कार्यालयले वडाका प्रत्येक बिद्यालयमा शिक्षक, अभिभावकबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हाे।
अन्तरक्रिया कार्यक्रममा खराब नतिजा आउनुको कारणबारे छलफल गर्ने गरिएको छ।
सामुदायिक विधालयकाे भाैतिक संरचना अभाव नभए पनि व्यवस्थापन र जनशक्ति अभाव हुँदा खराब नतिजा आउने गरिएको अभिभावकहरुकाे भनाइ छ।
यसका साथै बिधालयका प्रशासनकाे कमजोरी पनि रहेको अभिभावकहरुकाे ठहर छ।
शैक्षिक सुधारका लागि सबै पक्षबाट सुझाव, सल्लाह आएपछि साेही अनुसार सुधारकाे काम बिधालय गर्ने बताइएको छ।
वडा कार्यालयले शैक्षिक सुधारका लागि तीन तिन महिना मा अन्तरक्रिया कार्यक्रम चलाउने छ।
छलफलमा उठेका सवाल र वडाका सबै सामुदायिक बिधालयमा शिक्षक कार्ययाेजना बनाउने, बिधालयकाे वातावरणलाई सुन्दर बनाउन, बगैंचा, करेसाबारे बनाइने छ। यसका साथै बिधार्थीकाे सिकाइका लागि सहजता पार्ने कार्यक्रम ल्याउने शैक्षिक विकास काे लागि गाउँपालिकाले पनि सहयाेग गर्ने गाउँपालिका अध्यक्ष ज्वालासिं साउदले जानकारी दिए।
बिधालयकाे शैक्षिक सुधारका लागि वडा कार्यलयसंगै पुरै पालिका सरकार अघि बढेको उनलेे बताए।
हरेक शुक्रबार बिधार्थीमा भएको सीप, क्षमताको प्रदर्शन गर्ने काम पनि हुनेछ ।
शैक्षिक सुधारका लागि भएको याे प्रयासलाई प्रभावकारी बनाउने सबैले लाग्नु पर्ने बिधालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र साउदले जानकारी दिए।
