भदौ १०, धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका
दुई –दुई जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको गोदावरी नगरपालिका १२ जना, धनगढी उप–महानगरपालिकाका एक जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई जना, डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जना र आलीताल गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको इन्चार्ज भूषालले जानकारी दिए।
स्राेतः रामाराेशन टुडे