भदौ १३
सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रदेश सचिव काे टाेलि अाज मेल्लेख पुगेकाे छ। मेल्लेखमा संचालन गरिएको नव प्रर्वतन साझेदारी काेष कार्यक्रमकाे मुल्यांकन तथा अनुगमन काे क्रममा मुख्य मन्त्री कार्यलय प्रदेश सचिव टुवराज पाेख्रेल रामहरि ज्ञवाली सहितको टाेलिले सा परियाजना बारे जानकारी लिएको छ ।
मुल्यांकन तथा अनुगमन कार्यक्रम मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्ष्ातामा भएकाे थियो
अध्यक्ष साउदले नवप्रर्वतन कार्यक्रम प्रभावकारी भएको भन्दै अागामि दिनमा मेल्लेख मा रहेको ग्राम उद्योग ,कुटिल उद्योग संगै जाेडेर स्थानीय उत्पादनमा मा बिशेष जाेडदिइ कार्यक्रम अगाडि लैजानुपर्ने मा जाेड दिएका छन ।उहाले याे बर्ष प्रदेश सरकार काे बजेटमा मेल्लेख गाउँपालिकालाई ध्यान नदिएको भन्दै मेल्लेख गाउपालिका लाई उपेक्षा गरेकाे बताएका छन । अब अाउने कार्यक्रम मेल्लेख गाउपालिका लाई पहिलो प्राथमिकता मा राखेर काम गर्न सुझाव समेत राखेका थिए । यस्तै मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काले प्रदेश सरकारले गर्ने हरेक क्रियाकलाप पावर र पहुँच काे अाधारमा नभै जनताको अावश्यकता काे अधारमा हुनुपर्ने बताए ।
साे कार्यक्रममा परियोजना बारे सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउदले जानकारी गराएका थिए । कार्यक्रम मा प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा काे स्वागत मनतव्य सुरु भएकाे थियो ।कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष प्रेमबहादुर महर लगायतले सुझाव राखेका थिए ।

