समाचार

सेवाग्राहि र सेवाप्रदायिक बिच अन्तरक्रिया

मेल्लेख : मेल्लेख गाउँपालिका वडा न.५ काे आयाेजना र वल्र्ड भिजन आस्था नेपालकाे सहयोगमा , सुशासन पारदर्शिता र जवाफदेहिता काे लागि सेवा प्रदायक र सेवाग्रहि बिच अन्तरक्रिया सुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रम मेल्लेख गाउँपालिका वडा न. ५ बिन्धेवासनी काटेगाउँ भवानी आधारभुत बिद्यालय मा सम्पन्न भएको हाे ।

वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्ष्यतामा भएको अन्तरक्रियामा वडा कार्यालय र साझेदार संघसंस्था बाट प्रबाह गरिने सेवाप्रवाह र काम बारे व्यापक छलफल भएको थियाे ।
कार्यक्रमका संस्थाका सहभागी पदाधिकारीले आफ्नो संस्थाले हालसम्म वडामा गरेका कामहरुको जानकारी गराएका थिए ।
संस्थाले गरेका काम काज प्रभावकारी रहेकाे सहभागीले जनाए ।
यस्तै वडा न ५ ले जनताका समस्य समाधानका लागि टाेला टाेलामा गएर जन गुनासो समेत संकलन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कार्यक्रममा उठेका सवाल जनताको आवश्यकता काे आधारमा क्रमशः पुरा गरिने वडा अध्यक्ष प्रकाश अधिकारी ले प्रतिबद्धता जनाएका छन ।
अन्तरक्रिया कार्यक्रमकाे सहजिकरण पत्रकार खम्म सिह खत्री र तपेन्द्र कुवरले गर्नु भएकाे थियो ।
कार्यक्रम काे संचालन आस्था नेपाल का सामाजिक परिचालक तपेन्द्र बि क ले गरेका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि संघसंस्थाका पदाधिकारी ,टाेल स्तरका सराेकारवालाकाे सहभागिता रहेकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।