कोरोना समाचार स्वास्थ्य

कोरोनाबाट रुपन्देहीमा एक पुरुषको मृत्यु

रुपन्देहीमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ।

जिल्लाको तिलोत्तमा नगरपालिका–४ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

बुटवलस्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनमा उच्च रक्तचापको समस्या थियो।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि पछि ती पुरुष धागो कारखानमा रहेको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

गएराति उपचारकै क्रममा २ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

बिहीबार पनि तिलोत्तमाकी एक महिलाको कोरोनाबाट मृत्यु भएको थियो।

स्राेतः– नेपालखबर

सेयर गर्नुहोस् :

Leave a Reply