मनोरञ्जन

नेपाली फिल्मको एक मात्र ‘महानायक’ राजेश हमालः अनुप

नायक राजेश हमाललाई दर्शकले ‘महानायक’ मान्छन् । नेपाली चलचित्रकर्मीमा भने हमाललाई दिइएको यो उपाधीमा समर्थन र विरोध देखिन्छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल पनि महानायक हो र’ भनेर दिएको एउटा बयानले ठूलै चर्चा पायो । यो बिषयमा राजेश र दीपा दुबैले मुख खोलिसकेका छन् ।

तर, पनि चलचित्र क्षेत्रमा हमाललाई दिइएको यो उपाधीमा बहस भैरहेको छ । अहिलेका पुस्ताका केही कलाकारले राजेश हमाललाई ‘सुनको खम्बा, भगवान’ पनि भनेर टिप्पणी गरिरहेका छन् । कतिपय नयाँ निर्देशकले भने हमाल कसरी महानायक हुन्छन् भनेर पनि प्रश्न गरेका छन् ।

यो बिषयमा नायक अनुप विक्रम शाहीले पनि टिप्पणी गरेका छन् । उनले, केही दिन अगाडि आफ्नो जन्मदिन मनाउने क्रममा ‘राजेश हमाल सुनको खम्बा’ भएको भनेर प्रतिक्रिया दिएका थिए । उनै, अनुपले राजेश हमालसँगको तस्वीर शेयर गर्दै ‘एक मात्र महानायक राजेश हमाल’ भनेर उल्लेख गरेका छन् ।

अनुप र राजेशले चलचित्र ‘हँसिया’मा एकसाथ काम गरेका थिए । अनुपले, राजेश हमाललाई एक मात्र महनायक भनेर यो दौडमा अरु कोही नभएको स्पष्ट पारेका छन् ।

स्राेतः अनलाइनखबर

सेयर गर्नुहोस् :

Leave a Reply