मेल्लेख गाउँपालिकाको सार्वजनिक बस सेवा सञ्चालनमा।
समाचार स्वास्थ्य

मेल्लेख गाउँपालिकाको सार्वजनिक बस सेवा सञ्चालनमा।

अछाम : मेल्लेख गाउँपालिकाले आफ्नै पालिकामा बस सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले आजदेखि नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । अछामका दश स्थानीय तह मध्ये मेल्लेख गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागी बस सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।

बस दैनिक मेल्लेखबाट साँफेबगर,बयलपाटा,जयगढ र मंगलसेनसम्म सञ्चालन हुनेछ । बस सञ्चालनका लागी साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगरपालिकाबाट रुट प्रमिटका प्राप्त भएको गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीले बताए । 

गाउँपालिकाको ७७ लाखमा दुई बस खरिद गरेको हो । ई–टिकट, सिसिटीभि क्यामेरा, जिपीएस सहित अपाङ्गमैत्री बस मेल्लेखले सञ्चालनमा ल्याएको हो । जिपमा ३ सय देखि ५ सय रुपैयाँ तिर्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय लालबहादुर चदाराले बताए ।

उनले भने, ‘निकै सहज भएको छ,जीपले मनपरी चर्को भाडा लिन्थे। भनेको बेला गाडी पाइँदैन थियो।पालिकाले कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ ५ पैसा र पक्की सडकका ४ रुपैयाँ ५ पैसा निर्धारण गरेको छ ।’

एक बस ३० सिट क्षमताको रहेको छ । डेढ वर्ष पहिले अछामका स्थानीय तहरुमा पालिकासम्म बस पुर्याउने होडबाजी चलेपनि कसैले निरन्तरता दिन भने सकेका थिएनन् । 

सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/