Chandra Prakash Saud
प्रविधि समाचार स्थानीय

मेल्लेख गाउँपालिकामा सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि पूर्वाधार व्यवस्थापन प्रणाली प्रयोग ।

चैत २० अछाम

मेल्लेख गाउँपालिका सामाजिक भौगोलिक हिसाबले पिछडिएको र दुर्गम क्षेत्रमा परे पनि निकै सम्भावना बोकेको  पालिका हो। यधपी भौगोलिक सामाजिक चुनौतीको सामना गर्दै सूचना प्रविधिको उच्चतम प्रगोग गरी सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि नविनतम प्रयास गर्न अघि सरेको छ ।

विश्व सूचना प्रविधिको तिब्र गतिमा कुदिरहेको यस आधुनिक युगमा सरकारले पनि जनता सामु सूचना प्रविधिको प्रयोगले कसरी सूशासन पारदर्शिता र जवाफदेहिता कायम गर्ने दौरानमा विभित्र प्रयास भइरहेको यस युगमा स्थानीय सरकारले पनि सूचना प्रविधिमा विभिन्न नवीनतम प्रयासहरु भइराखेको छ। “स्मार्ट मेल्लेख डिजिटल मेल्लेख” अवधारणा सहित मेल्लेख गाउँपालिकाले विभिन्न प्रविधि तथा सूचना प्रविधि औजार प्रयोग गरी जनता र सरकारको दुरी कम गर्ने प्रयास गरिएको मेल्लेख गाउँपालिका सूचना प्रविधि केन्द्रका सूचना प्रविधि अधिकृत चन्द्र प्रकाश सावदले जानकारी दिनुभएको छ। योङ ईनोभेसको प्रविधिक सहयोग तथा सेईसिआईको सू-शासन र मालिका विकास संघको साझेदारी मार्फत संचालन भएका विभिन्न प्रविधि तथा सूचना प्रविधि औजारहरु प्रयोगमा छन् ।

Chandra Prakash Saud

पुर्वाधार व्यवस्थापन प्रणाली:

पूर्वाधार व्यवस्थापन प्रणालीलाई मेल्लेख गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि एवं पदाधिकारीहरुलाई आफ्नो क्षेत्रमा भइरहेका पूर्वाधार विकास परियोजनाको प्रगतिको अनुगमनमा सहायक हुने गरी विकास गरिएको प्रणाली हो ।

प्रत्येक वर्ष स्थानिय सरकारले ठुलो स्रोत (आन्तरिक एवं संघीय) पूर्वाधार विकासका लागि खर्च गर्ने गर्दछ । त्यसैकारण, त्यस्ता परियोजनाको भौतिक प्रगति एवं वित्तिय प्रगती के कसरी भईरहेको छ भनी अनुगमन गर्नु पनि जननिर्वाचित प्रतिनिधि एवं पदाधिकारीहरुको प्रमुख कार्य हो ।

मेल्लेख गाउँपालिकाको पूर्वाधार व्यवस्थापन प्रणाली अनलाईन मार्फत हेर्न यहाँ  जानुहोला र यो प्रणाली मोबाईल एपबाट पनि गर्ने मिल्छ त्यसको लागि गुगोल प्ले स्टोरमा गई IMS-Mellekh सर्च गरी डानलोड गरी परियोजना बारे जानकारी भौतिक,वित्तीय प्रगती अनलाईन तथा अफलाईन बाट जनप्रतिक्रीया पनि दिन सकिन्छ।

तसर्थ, पूर्वाधार व्यवस्थापन प्रणालीलाई त्यस्ता परियोजनाहरुका विभिन्न पक्षका तथ्यांक हेर्न र विश्लेषण गर्न सकिने गरी विकास गरिएको छ ।

जस्तैः

  • विभिन्न आर्थिक वर्षहरुमा विभिन्न वडामा सञ्चालन गर्ने गरी योजना गरिएका परियोजनाको सूची हेर्न सकिने।
  • परियोजनाहरुको प्रकृतिका आधारमा सोको हालको अवस्थाका बारेमा सहज रुपमा जानकारी
  • कुनै एक परियोजनाको विस्तृत विवरण । जस्तै, टेण्डर मूल्य, बोलपत्रदाताहरु, सम्झौता सुरु हुने मिति, कार्य सम्पन्न हुने मिति, आदी ।
  • प्रत्येक परियोजनाको भौतिक एवं वित्तीय प्रगति बारे जानकारी मिन सकिने।
  • मोबाईल एप बाट अनुगोमन तथा जनप्रतिक्रिया लिन सकिन्छ।
  • परियोजनाका तथ्यांकलाई उपलब्ध भएका हदसम्म Open Contracting Data Standards (OCDS) का आधारमा व्यवस्थित गरिएको छ ।
  • Open Contracting Data Standards (OCDS) का बारेमा थप जान्नका लागि यहाँ जानुहोस्।

त्यसैगरी, यस प्रणालीअन्तर्गतको मोबाईल एपको माध्यम नागरिक एवं अन्य सरोकारवालाहरुले परियोजनाबारे आफ्ना प्रतिकृयाहरु समेत तत्काल पठाउन सक्दछन् । नागरिकका तर्फबाट आउने त्यस्ता सुझावहरुले परियोजनाको प्रभावकारीता अभिवृद्दी गर्नमा सहयोग पुर्याउँदछ ।

सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/