समाचार स्थानीय

वेपत्ता मेल्लेखकी महिलाको शव बुढीगंगा नदीमा भेटीयो

अछामको बुढीगंगा नदीको किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीका एक महिलाको शव फेला परेको हो ।

ठाटीका कमल नेपालीकी २२ वर्षीया श्रीमति निर्मला नेपालीको शव सोमबार साँफेबगर नगरपालिका ७ स्थित वुढीगंगा नदीको बक्तोलमा फेला परेको ईलाका प्रहरी कार्यालय साँफेबरका प्रमुख नरपति भट्टले जानकारी दिनुभयो ।

उनी आईतबार राती घरबाट वेपत्ता भएकी थिईन । प्रारम्भिक जानकारी अनुशार उनलाई लाई देवर नाता पर्ने वर्ष १९ का गोविन्द नेपालीले भगाएको वुझिएको छ ।

भगाउने नेपाली फरार रहेका छन् । फरार नेपालीको खोजि कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो । 

Source :- Society sanchar

सेयर गर्नुहोस् :