Health कोरोना स्वास्थ्य

चितवनमा गोरखाका कोरोना संक्रमितको मृत्यु

१२ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्‍यु भएको छ ।

आईसीयूमा उपचाररत गोरखा नगरपालिका-१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ ।

स्राेतः– अनलाइनखबर

सेयर गर्नुहोस् :