Health कोरोना समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, आज १२ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको हो।शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्।प्रवक्ता गौतमका अनुसार पाल्पाकी ३०, काठमाडौँकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

त्यस्तै पर्साका ४८, ३९, सिरहा ८४, गोरखामा ३८, काठमाडौँमा ८३, ललितपुरमा ७२ र ६१, भक्तपुरमा ८२ र कास्कीका ५८ वर्षीय पुरुषको पनि संक्रमणबाट निधन भएको हो।कोरोनाबाट मृत्यु हुनेको प्रतिशत संक्रमितमध्ये ०.५५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए।

स्राेतः– नेपालखबर

सेयर गर्नुहोस् :