समाचार

मुक्तक-पारस साउद (पासा)

१.मुक्तक
आफ्नो कर्तव्य आफ्नो धर्म निभाइ दे न
यत्ती भए पनि एउटा गुन लगाइ दे न
भिजेका हर चिज सुकाउन सक्ने ए घाम,
हामी दुखिका परेलि पनि सुकाइ दे न।

२.मुक्तक
बाख्रा बेचिन् , कहिले कुखुरा बेचिन्
आफू संग भए जति पूरा पूरा बेचिन्
सन्तानको भविष्य बनाउन एक आमाले,
नाकको फुली बेचिन् हातका चुरा बेचिन्।

३.मुक्तक
गुहार मागु छिमेकी असल छैन
कतै जाउ भने शरिरमा बल छैन
यति नै बेला दैलोमा पाहुना आए
खानलाई घर भित्र सामल छैन।

  • पारस साउद (पासा)
सेयर गर्नुहोस् :