आईसीटी जनशक्ति विकास गर्न सञ्चार मन्त्रालयले त्रिविसँग सहकार्य गर्ने।
प्रविधि

आईसीटी जनशक्ति विकास गर्न सञ्चार मन्त्रालयले त्रिविसँग सहकार्य गर्ने।

काठमाडौं । आईसीटीमा आवश्यक जनशक्ति पूर्ति गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । इन्टरनेट सेवामाथि बिहीबार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस किसिमको योजना सुनाएका हुन् । ‘आईसीटीमा आवश्यक जनशक्ति बढाउन त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने विषयमा विचार गरिरहेका छौं,’ उनले भने । मन्त्री […]

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।
प्रविधि स्थानीय

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।

लालबहादुर चदारा/अछाम १ मंसिर । पुुर्बाधार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीन दिने तालिम आज देखि अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सुरु भएको छ । मालिका बिकास संघको सुशासन परियोजनाको सहयोगमा मेल्लेख गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो  ।      सुचना प्रबिधिको उच्चतम प्रयोग गरी जनता सामु प्रबिधि मार्फत पारदर्शिता बढाउन र लक्षित बर्गहरुको प्रबिधिको […]

प्रविधि

लिङ्कमा क्लीक गरेर नगर्नुहोस अनलाइन सपिङ्, क्रेडिट कार्डबाट गर्दा सुरक्षित

काठमाडौं । कोरोनाको माहामारी सँगै अनलाइन सपिङ गर्ने प्रवृत्ति बढेको छ । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बजारमै पुगेर सामान खरिद गर्नेको संख्या पहिले जस्तो छैन ।उपभोक्ताको बदलिदो यहि प्रवृत्तिसँगै अनलाइन बजार पनि फस्टाएका छन् । विश्व बजारमा अलिबाबा, अमेजन जस्ता कम्पनीले कोरोना महामारीकै बीचमासबैभन्दा बढी आम्दानी गरेर अनलाइन बजारमा नयाँ रेकर्ड नै राखेका […]

Nepal telecome
प्रविधि समाचार

विद्यार्थीलाई टेलिकमले दिन थाल्यो सहुलियत दरमा इन्टरनेट, यसरी लिन सकिन्छ सेवा

काठमाडाैं । विद्यार्थीका लागि सहुलियत दरमा इन्टरनेट दिने सरकारी याेजना अनुरूप नेपाल टेलिकमले ‘पाठशाला सियुजी सिम’ वितरण गर्न थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्ताे सिम दिन थालेकाे हाे । याे सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध […]

प्रविधि समाचार

अस्ट्रेलियामा बस्ने नेपालीले बनाए गज्जबको एप, सीप हुनेलाई स्वरोजगार बनाउने

काठमाडौं । अस्ट्रेलियामा बस्ने एक नेपालीले गज्जबको उपयोगी एप विकास गरेका छन् । काठमाडौं नैकाप घर भएका प्रकाश मालाकारले सबै सेवा एउटै एपबाट दिन मिल्नेगरी ‘अल ईन वान’ मोबाइल एप तयार पारेका हुन् ।  उनले तयार पारेको ‘मालाकार’ एप गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा सार्वजनिक भइसकेको छ ।  प्रयोगकर्ता र सेवा प्रदायकहरुका लागि […]

प्रविधि समाचार

लकडाउनमा विश्वभर घट्यो इन्टरनेट स्पीड, नेपाल २५ औं स्थानमा

काठमाडौं । कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।  लकडाउन अघि २९.३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७.५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी […]

प्रविधि समाचार

डिशहोमले सुरु गर्‍यो इन्टरनेट सेवा, आक्रामकरुपमा बजार विस्तार गर्दै

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले आक्रामक बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार सुरुवाती चरणमा तीन स्थानमा सेवा विस्तार गरिएको छ । ‘हामीले भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध […]

प्रविधि

समुद्रको पिँधमा कति छन् तार ? केही रोचक तथ्यहरु।

काठमाडौं । सञ्चार प्रविधि सम्बद्ध डाटा प्रशारणका लागि पृथ्वीको समुद्रमा लाखौँ किलोमिटर तार ओछ्याउने गरिएको छ । समुद्रको वारपार एक महादेशबाट अर्को महादेशसम्म जोड्ने त्यस्ता सामुद्रिक केवलहरुबाट दूरसञ्चार कम्पनीहरु, मोबाइल अपरेटरहरु, बहुराष्ट्रिय निगमहरु, विश्वका सरकारहरु तथा डाटा प्रोभाइडरहरुले समेत डाटा आदानप्रदान गर्दछन् । समुद्रमा डुबाइने यस्ता अप्टिकल फाइबर तथा सामुद्रिक केवलहरुबाट डाटा प्रसार गर्दा तुलनात्मक […]

प्रविधि

अब तपाईंको नाम पनि भेटिनेछ गूगल सर्चमा, यस्तो छ नयाँ फिचर

काठमाडौं । यदि तपाईं गूगलमा सर्च गरेर अरुले आफ्नो बारेमा थाहा पाउन् भन्ने चाहनुहुन्छ भने त्यसका लागि तपाईं सेलिब्रिटी हुन जरुरी छैन । गूगलले तपाईंको पहिचान विश्वसामु ल्याउने प्रबन्ध मिलाइदिएको छ ।  हालै गूगलले पिपुल कार्ड फिचर सार्वजनिक गरेको छ । यो एक किसिमको भर्चुअल भिजिटिङ कार्ड हो । जसको सहयोगमा तपाईं कुनै पनि व्यक्तिको […]

प्रविधि

नेपालको इन्टरनेट स्पीड सुधार्न टिकटकसँग सहकार्य गर्दै वर्ल्डलिङ्क

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन लिमिटेडले विद्यमान इन्टरनेट स्पीडमा सुधार ल्याउन टिकटक र अकामाईसँग सहकार्य गर्ने भएको छ । टिकटकको प्रयोग अत्यधिक बढ्दा र प्रोटोकलमा परिवर्तन हुँदा पटिल्लो समय नेपालको इन्टरनेट इकोसिस्टम नै बिग्रिएको छ । हाल सेवाप्रदायकको कूल अन्तर्राष्ट्रिय ब्याण्डविथको २५ प्रतिशतभन्दा बढी हिस्सा टिकटकले मात्रै खपत गर्ने गरेको […]