कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । धेरै जिल्लामा संक्रमण बढेको र आवतजावत बढेपछि पास वितरण केही दिनलाई पूर्ण रूपमा बन्द गरिएको हो ।