अन्तराष्ट्रिय अर्थ व्यापार

बन्द नै रहे ठूला होटल, व्यवसायी भन्छन्-आजै खोल्नुको अर्थ छैन

१५ साउन, काठमाडौं । सरकारले लकडाउनपछि बन्द भएका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय गरे पनि धेरै होटल बिहीबार खुल्न सकेनन् । बिहीबार साना हाटेल र रेष्टुरेन्टले सीमित कर्मचारी बोलाएर सरसफाइलगायत काम सुरु गरे पनि अधिकांश ठूला होटलको गेट भने बन्द नै रहृयो ।

सरकारले १५ साउनबाट होटल खोल्ने निर्णय गरे पनि लामो दूरीको यातायात नचलेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका कारण होटलमा तत्काल पाहुना आउने सम्भावना छैन ।

त्यसैले होला व्यवसायीलाई १५ साउनको चटारो खासै देखिएन । सोही कारण बिहीबार काठमाडौंका धेरैजसो पााचतारे होटेलका गेट खुलेनन् ।


र्‍याडिसन होटेलको गेटमा भेटिएका एक कर्मचारीका अनुसार होटलले १ अगस्टबाट केही कर्मचारीलाई बोलाएर कार्यालय सञ्चालन थाल्ने तयारी गरेको छ । लकडाउन सुरु हुनुअघि सामान्य सेवा थालेको बानेश्वरस्थित एभरेष्ट होटल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन ।

दरवारमार्गस्थित होटेल याक एण्ड यती र बौद्धस्थित हायात होटलले यसअघि नै अवस्था सामान्य नभएसम्म बन्द रहने सूचना नै टाँस गरेका छन् । बिहीबार दरवारमार्गस्थित होटल अन्नपूर्णले समेत गेट खोलेन । लकडाउनको बीचमा सोल्टी होटेल र मारियट होटेल भने आंशिक सञ्चालनमै थिए । यी होटलले क्वारेन्टिनको सेवा दिएका थिए ।

विदेशबाट भइरहेको उद्दार उडानका दौरान सोल्टीमा नेपाल एयरलाइन्सका उडान कर्मचारी बसेका थिए । उनीहरु गत सातामात्र घर जान थालेका हुन् । उद्धार र उडानको काम रोकिएपछि सबै कर्मचारीको परीक्षण गरी घर पठाइएको नेपाल एयरलाइन्सले जनाएको छ ।

होटल याक एन्ड यतिको मूल गेट

खुल्यो सांग्रिला 

लाजिम्पाटस्थित होटेल सांग्रिलाले बिहीबार केही कर्मचारीलाई काममा बोलाएर सरसफाइ गराएको छ । चिया कफी र तयारी बेकरीको मात्र मेनु राखेर रेष्टुराँसमेत खुला गरेको छ ।

होटेलका प्रबन्ध निर्देशक प्रवीण पाण्डेका अनुसार दुई/तीन महिना कम्तीमा १० प्रतिशत मात्र कर्मचारीलाई बोलाएर सामान्य सेवा सञ्चालन गर्ने तयारी छ । यसरी कर्मचारी बोलाउँदा भने आलोपालो गरी बोलाइने छ ।


आज खोल्नु र नखोल्नुमा अर्थ छैन : व्यवसायी

तत्काल पाहुना आउने ग्यारेन्टी नभएको अवस्थामा होटल १५ साउन बाटै खोल्नु र नखोल्नुमा कुनै अर्थ नहुने व्यवसायी बताउाछन् । होटेल संघ नेपाल -हान)का अनुसार सबैजसो होटलले स्वास्थ्य निर्देशिका अनुसार बनाउनुपर्ने पूर्वाधार र तालिका बनाएका छन् ।

लकडाउनमा होटल बन्द रहेको अवस्थामा समेत मार्किङ, रंगरोगन, मर्मत सम्भार तथा सरसफाइको काम जारी राखिएको थियो । त्यसरी तयार भएका संरचनामा कर्मचारीलाई अभ्यस्त बनाउने कामसमेत यही बीचमा जारी थियो ।

तस्वीर : शंकर गिरी/चन्द्रबहादुर आले

स्रोत: अनलाईन खबर

पर्यटनहोटल

सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/

Leave a Reply