समाचार स्वास्थ्य

अब कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्छ : डब्ल्यूएचओ

१६ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अब विश्वभरका मानिसले कोरोना भाइरस (कोभिड-१९)सँग नै बाँच्न सिक्नुपर्ने बताएका छन् ।

डब्ल्यूएचओको दैनिक प्रेस ब्रिफिङको क्रममा उनले भने, ‘हामी सबैले कोरोना भाइरससँग जीवनयापन गर्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य मानिसको पनि जीवनको सुरक्षा गर्दै आवश्यक सावधानी पनि अपनाउनु जरुरी छ ।’

गेब्रेयेससले साउदी अरेबियाले हजयात्रामा लगाएको कडा नियमको प्रशंसा गरेका छन् । उनले साउदी अरेबियाले हजयात्राको लागि ल्याएको कडा किसिमको नियमले अहिले फेरिएको विश्वको वास्तविकतासँगै अघि बढ्न कस्ता योजना ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।

गेब्रेयेससले कोरोना भाइरसको कारण युवाहरुमा जोखिम हुन सक्ने बताएका छन् । उनले भने, ‘हामीले यसअघि नै चेतावनी दिइसकेका छौँ र फेरि पनि भनिरहेका छौँ कि युवाहरु पनि कोरोनाको संक्रमणबाट अछुत छैनन्, उनीहरु पनि जोखिममा छन् ।’

गेब्रेयेससले युवाहरु पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने, अरुलाई संक्रमण पनि सार्न र यसको कारण उनीहरुको पनि मृत्यु हुन सक्ने भन्दै युवाहरुले आफ्ना साथै अन्य मानिसको पनि सुरक्षाको उपाय पालना गर्नुपर्ने बताए ।

स्रोत :बीबीसी

सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/

Leave a Reply