समाचार

मेल्लेखका कृषकको लागि बाख्रा पालेर आत्मनिर्भर बन्ने तालिम

मेल्लेख गाउँपालिकाले वाख्रा पालन कृषकलाई आत्मनिर्भर बनाउन तालिम दिएको छ । कुनै तालिम नलिइकन बाख्रा पाल्दै आएका कृषकले विशेष किसिमको तालिम पाएपछि बाख्रा पालनमा सहजता हुने बताएका छन् । गाउँपालिकाका आठ वटै वडाका २४ जना कृषकलाई तालिम प्रर्दान गरिएको पशु सेवा शाखाका भेटेरिनरी अधिकृत कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो । बाख्रा पाल्ने, हुर्काउने, खोरको अवस्था र सामान्य खालको रोगको निदान जस्ता विषयमा तालिम दिएर कृषकलाई आत्मनिर्भर बनाउने काम गरेको भेटेरीनरी अधिकृत रोकायको भनाई रहेको छ ।
तालिममा सहभागि जनचेतना कृषि तथा पशुपन्छि फर्मका सञ्चालक गगन सिंह महरले तालिमबाट वाख्रा पालनलाई व्यवसायीक रुपमा कसरी अघि बढाउन सकिन्छ भनेर जानकारी पाएको बताउनुभयो । तालिमले आफुलाई बाख्रा पालनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले सम्म हामीले आफ्नै तरिकाले बाख्रा पाल्दै आएका थियौ  । हामीले अहिले सम्म दुःख मात्रै गरेका रहेछौं, अव यो तालिमले हामीलाई धेरै सिकाएको छ । तालिमबाट बाख्रा पाल्ने, खोरको व्यवस्थापन, रोग लागेमा उपचारका विधिका वारेमा जानकारी पाएको महरको भनाई रहेको छ । तालिम लिएर अव घर फर्केपछि तालिमको उपयोग गर्दै बाख्रा पालनमा हाम्रो जागर बढ्ने उहाँको भनाई रहेको छ । उहाँले गाउँपालिकाले वाख्रा पालन व्यवसयालाई अझै फस्टाउनको लागि अनुदानका कार्यक्रम उपलब्ध गराउनको लागि माग गर्नुभएको छ ।तालिममा कृषम मिन महरले तालिमबाट धेरै उपलव्धि हासिल गरेको बताउनुभयो । सामान्य वाख्रामा रोग लाग्दा मर्दै आएका थिए । सानो लगानिले सञ्चालन गरेको व्यवसायमा नोक्सान हुँदै आएको थियो । अव तालिमबाट सामान्य खालको रोगको निदानका वारेमा जानकारी पाएको बताउनुभयो । सामान्य रोगका लागि औषधी खोज्न हामी भौतारिन पथ्र्यो, यो तालिमपछि हामी भौतारिन नपर्ने अवस्था सिक्न पायौं । यस्तै उहाँले महरले बत्तिको व्यवस्था भएपनि भोल्टेज कम हुँदा घाँस काट्न, दान कुट्न भने समस्या हुने गरेको गुनासो सुनाउनुभयो । वत्तिको व्यवस्थाको लागि गाउँपालिकासँग आग्रह गर्नुभयो ।
पशु सेवा शाखाका भेटेरिनरी अधिकृत कृष्ण बहादुर रोकायले मेल्लेख गाउँपालिकामा वाख्रा पालनको लागि ८० वटा फर्म र एउटा समूह दर्ता भएको जानकारी दिनुभएको छ । मेल्लेखमा २७ हजार ५ सय वाख्रा र १ हजार २ सय भेडाको संख्या रहेको जानकारी दिनुभएको छ । उहाँले गाउँपालिकाका आठ वटै वडामा वाख्रा पालनको राम्रो सम्भावना रहेको जानकारी दिनुभयो । उन्नत खालका खसी बाख्रा उत्पादन गर्नका लागि गाउँपालिकाको हावापानी उपयुक्त रहेको छ । वाख्राको लागि चरिचरन, जंगल र घाँसको उपलब्धता प्राप्त मात्रामा रहेको भेटरीनरी अधिकृत रोकायको भनाई रहेको छ ।मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले गाउँपालिकाको नीति तथा कार्यक्रम मार्फत् नै मासुमा आत्मानिर्भर बनाउन खोजिएको जानकारी दिनुभएको छ । धेरै कृषकहरुले वाख्रा पालन गरेका छन् । तर उनिहरुसँग कुनै पनि प्रकारको व्यवसायी ज्ञान छैन् । कृषकलाई वाख्रा पालनको लागि खोर व्यवस्थापन, आहारा र सामान्य रोगको वारेमा ज्ञान नहुँदा वाख्रा पालन व्यवसाय फस्टाउन सकेको थिएन् । अव तालिमका माध्यमबाट बाख्रा पालन गरिरहेका व्यवसायी र व्यवसाय सुरु गर्ने कृषक दक्ष भएको उहाँको भनाई रहेको छ ।
गाउँपालिका यस अघि अनुदानका कार्यक्रम कृषकलाई उपलब्ध गराएको थियो । अहिले पनि गाउँपालिकाका सिफारिसमा प्रदेश र केन्द्र सरकारबाट वडा नं.६ शोडषा र वडा नं.७ नन्देगडमा वडामा ९० लाख रुपैया अनुदान प्राप्त भएको गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ । गाउँपालिका भित्रका सबै कृषकलाई उन्नत खालका बाख्रा पाल्नको लागि आगामी दिनमा अभिप्रेरित गर्दै कृषकलाई खसी बाख्रा नै आम्दानीको मुख्य श्रोत बनाई पनि जानकारी दिनुभएको छ । बत्तिको व्यवस्था भएपनि भोल्टेज कम हुँदा घाँस काट्ने, दान कुट्ने समस्या रहेको बताउँदै अध्यक्ष साउदले नयाँ नयाँ ट्रान्समिटर राखेर उक्त समस्याको समाधान गरिने जानकारी दिनुभएको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउँदै वाहिर निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।