समाचार स्थानीय

मेल्लेखमा अगुवा कृषक हरुका लागि तालिम सम्पन्न

मेल्लेखमा अगुवा कृषक हरुका लागि संचालन गरिएको पालिका स्तरीय ३ दिने तालिम बिहीबार सम्पन्न भएको छ ।
मेल्लेख मा कृषक हरुलाइ कृषि बाट आत्मनिर्भर बनाउन र व्यावसायिक रुपामा कृषि पकेट क्षेत्रकै रुपमा कार्यक्रम बिस्तार गर्न तालिमको आयाेजना गरिएकाे थियोे । तालिम मेल्लेख गाउपालिका कृषि बिकाश शाखा काे आयाेजनामा भएको हाे। मेल्लेख गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा काे अध्यक्षतामा भएकाे तालिम समापन कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए । साउदले तालिम समापनमा बाेल्दै पुराना प्रमपरागत खेति प्रणाली लाई अधुनिकरण गर्ने समुहगत ब्यक्ति गत फम मार्फत कृषि कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन । कृषि लाई ब्याबसायिकरण गर्न कृष प्रणाली लाई आधुनिकरण गरि कृषिमा नयाँ पन दिन गाउपालिका बाट कृषि क्षेत्र का लागि विशेष बजेट काे व्यवस्था गरिने पनि बताएका छन ।यसकाे लागि सयम कृषक हरुले इच्छाशक्ति चासाे देखाएर प्रतिफल प्राप्त गर्ने गरि क्रियाशीलता देखाउनुपर्ने बताए ।
यस्तै तालिम समापन का बिशिस्ट अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काले तालिम सिकेका कुरा व्यावहारमा लागु गर्नुपर्ने साच्चिकै कृषक भएर आत्मनिर्भर हुनुपर्ने बताएका छन । कृषि बिकास शाखा अधिकृत मदन साउदले कृषक का लागि कृषि बिकाश शाखा बाट गरिने पहल र प्राबिधिक सहयोग का लागि कुनै कमि हुन नदिने बताएका छन

तालिममा सहभागी टंका बि क ले तालिममा सिकेका व्यावहारिक ज्ञन सीप कृषि प्रबिधि का कुरा सबैले कार्यनयन गर्नुपर्ने बताएका छन । तालिम समापन काे संचालन कृषि बिकास शाखाका नायव प्राबिधिक सहायक प्रेम बुढाले गर्नु भएकाे थियाे ।तालिममा काे सहजिकरण कृषि बिकाश शाखाका नायव प्राबिधिक सहायक लाेकन्द्र साउद सुमन चाैधरिले गरेका थिए ।तालिममा मेल्लेख का ३२ जना अगुवा कृषक सहभागिता रहेको थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।