कात्तिक २८ मेल्लेख गाउँ कार्यपालिका काे बैठक विभिन्न निर्णय गर्दै अाइतबार सम्पन्न भएकाे छ। मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्षतामा भएको बैठक मा मेल्लेख गाउँपालिका अन्तर्गत का वडाहरुमा पहिरो र भुकम्प बाट क्षति भएका उच्च जाेखिममा रहेका घरहरु लाई सुरक्षित नागरिक अावास कार्यक्रम संगै जाेडेर मेल्लेखमा भुकम्प रहित घर निर्माण का लागि प्राबिधिक स्टमेट अनुसार कर्कट पाता रहित घर निर्माणकार्य अगाडि बढाउने बताएको छ ।यस्तै भुकम्प बाट भएको क्षति लाई मध्यनजर गर्दै जाेखिम व्यवस्थापन र मेल्लेख का जनताको ज्यु धनकाे सरुक्षाकाे लागि विपद सम्बन्धित काम गर्ने सम्बन्धित निकाय संग सहयोग काे लागि माग गर्ने र भुकम्प बाट पुर्ण रुपमा क्षति भएका घरधुरी हरुलाई तत्काल पालिकाबाट क्रिपाल सहयोग गरिने लगायतका निर्णय गरेकाे छ साथै कार्यपालिका बैठक बाटा मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारी ला गाउपालिकाकाे प्रवक्ता पनि ताेकिएकाे छ ।बैठक काे संचालन मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रव प्रसाद सापकोटा ले गर्नु भएको थियौ ।
समाचार स्थानीय

मेल्लेखमा अध्यापन अनुमतिपत्र उतिर्ण भएका शिक्षकका लागि गाउँपालिका काे अनुदान काेटमा निरन्तरता

असाेज २
अछामको मेल्लेख गाउँपालिका मा शिक्षक अध्यापन अनुमतिपत्र मा उतिर्ण भएका शिक्षक हरुका लागि गाउँपालिकाले सृजना गरेकाे अनुदान काेटा मा निरन्तरता दिने भएकाे छ । गाउँपालिका अान्तरिक स्रोत बाट नियुक्ति अनुदान काेटामा रहेका अधिकांश शिक्षक अध्यापन अनुमति पत्र नभएका रहेका थिए । गाउपालिकाले अनुदान काेटा सृजना गरेपछि लामाे समय सम्म शिक्षण गरिरहेका शिक्षक हरु लाई बिद्यालयले,अनुदान काेटा मा रहेर शिक्षण गर्नुपर्ने निर्णय गरेका थिए । सरकारले शिक्षक का लागि अध्यापन अनुमतिपत्र अनिवार्य भने पछि । गाउँपालिकाले अध्यापन अनुमतिपत्र पत्र नभएका शिक्षक हरुका लागि साउन १ गते बाट हटाउने निर्णय गरेकाे थियाे । शिक्षक सेवा अायाेग काे नतिजा अाउदा सम्म अनुदान काेटा व्यवस्थापन मा कुरेकाे गाउँपालिकाले, भरखरै अाएकाे अध्यापन अनुमति पत्र काे नितजा बाट उतिर्ण भएका शिक्षक हरुलाई गाउपालिका काे अनुदान काेटा मा रहेका शिक्षक का लागि साेहि बिद्यालय मा निरन्तरता दिने निर्णय गरेकाे छ। र अन्य शिक्षक काे हकमा भने अावश्यकता काे अाधारमा गाउपालिकाकाे,बिद्यालय अध्यान समिति काे प्रतिबेदन अनुसार थप कार्यबिधि तयार गरि तुरुन्तै अनुदान काेटामा बिज्ञापन गरिने, मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएकाे छ। अध्यापन अनुमति पत्रकाे नतिजा मा सफल भएका र यश खघि कार्यरत सम्बन्धित बिद्यालयका शिक्षक हरुलाई अध्यापन अनुमतिपत्र सहित अाफ्नाे शैक्षिक याेग्यताका प्रमाणपत्रहरु गाउँपालिका मा पेश गर्न पनि बताएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।